०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

१२ कक्षा को मौका परीक्षा नतिजा सार्वजनिक, ७० प्रतिशत पास भए

Logo
HeroNepal-tv प्रकाशित आइतबार, कार्तिक ०४, २०८१

काठमाडौं । कक्षा-१२ को मौका (पूरक) परीक्षाको परीक्षाफल प्रकाशन भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षा बोर्डको आजको निर्णयानुसार परीक्षा नतिजा प्रकाशित गरेको हो।

परीक्षा बोर्डका अनुसार परीक्षार्थी संख्या एक लाख २२ हजार एक सय ७१ जना थिए। जसमध्ये ८६ हजार दुई सय ४६ जना अर्थात् ७०.६० प्रतिशत ग्रेड प्राप्त गरेका छन्।

२ जनाको परीक्षाफल रद्द गरिएको र ३ जनाको परीक्षाफल स्थगित गरिएको परीक्षा बोर्डले जनाएको छ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा २०८१ साल भदौ २५ र २६ गते कक्षा १२ को मौका परीक्षा सञ्चालन भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

मलेसिया – किराँत याक्थुङ चुम्लुङ (केवाईसी) जोहोर, मलेसियाले आफ्नो प्रथम अधिवेशन–२०२६ आयोजना गर्ने भएको छ। संस्थाका अनुसार “भाषा बाँचे संस्कृति बाँच्छ, संस्कृति बाँचे माटो बोल्छ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा विदेशमा रहेर पनि आफ्नो कार्यव्यस्तताका बाबजुद लिम्बू समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणमा संगीत क्षेत्रमार्फत योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गरिनेछ। […]

क्वालालम्पुर, मलेसिया – मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकहरूले नेपाली राजदूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्ने मात्र नभई कम्पनीहरूमा प्रत्यक्ष पुगेर श्रमिकहरूको वास्तविक अवस्था बुझ्नुपर्ने आवश्यकता औंल्याएका छन्। मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकले अझै पनि आफ्नो राहदानी (पासपोर्ट) आफूसँग नरहेको बताएका छन्। श्रमिकहरूका अनुसार केही कम्पनीहरूले कामदारले कुनै कामका लागि पासपोर्ट माग्दा RM २,००० देखि RM […]