०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

मलेसियाले बढायाे कामदारको न्युनतम तलव अब १७०० रिंगेट हुने

Logo
Manoj DC प्रकाशित शनिबार, कार्तिक ०३, २०८१

मलेसिया ।  मलेसिया सरकारले  मलेसियामा  कार्यरत सबै कामदारको न्युनतम पारिक्ष्रमिक “बेसिक सेलरी” बढाउने घोषणा गरेको छ ।

मलेसिया सरकारको प्रधानमन्त्री तथा अर्थमन्त्री समेत रहेका  श्री अनवर बिन इब्राहिमले यहीँ अक्टोबर १८ तारिख शुक्रवार देवान राकयात हल क्वालालम्पुरमा बसेको संसद बैठकमार्फत आगामी आर्थिक बर्षको लागि बजेट भाषण दिने क्रममा सबै निकायसंगको सहमतिमा यस्तो निर्णय पारित भएको सार्वजनिक घोषणा गरेका हुन।

प्रधानमन्त्री  अनवर बिन इब्राहिमले बजेट भाषण गर्ने क्रममा “मलेसियामा विभिन्न क्षेत्रमा कार्यरत कामदार हरुको न्युनतम पारिक्ष्रमिक दिनहुुँ ८ घण्टा काम गरे बापत्तको मासिक “बेसिक सेलरि” अहिलेको आरएम १५०० रिंगेटबाट आरएम २०० रिंगेट थप बढाएर आरएम १७०० रिंगेट पुर्याइएको निर्णय भएको सार्वजनिक गरेका हुन ।

आरएम १७०० न्युनतम पारिक्ष्रमिकको निर्णय आउँदो बर्ष सन् २०२५ फेब्रुअरी १ तारिखदेखि पुर्णरुपमा लागू गर्न गराउन गृहमन्त्रालय र श्रम मन्त्रालयसंगको सहकार्यमा यहाँ रहेका सबै रोजगारदाता कम्पनीलाई आ-आफ्नो कामदारको पारिक्ष्रमिक बढाउन निर्देशन दिइसकिएको र सोही अनुरुप प्रक्रिया अगाडि बढाइएको बताए ।

अहिलेको मलेसियाली मदानी सरकारको यस् निर्णयले यहाँ काम गर्ने स्थानीय देखि विदेशी सबै कामदार खुशी हुनेमा आफू विश्वस्त रहेको बताउँदै , कामदारको आर्थिक स्थिति सुधार्नमा आफू र आफ्नो सरकार सदैव लागिरहने प्रधानमन्त्री अनवर बिन इब्राहिमले बताएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]