२२ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

मलेसियाले बढायाे कामदारको न्युनतम तलव अब १७०० रिंगेट हुने

Logo
Manoj DC प्रकाशित शनिबार, कार्तिक ०३, २०८१

मलेसिया ।  मलेसिया सरकारले  मलेसियामा  कार्यरत सबै कामदारको न्युनतम पारिक्ष्रमिक “बेसिक सेलरी” बढाउने घोषणा गरेको छ ।

मलेसिया सरकारको प्रधानमन्त्री तथा अर्थमन्त्री समेत रहेका  श्री अनवर बिन इब्राहिमले यहीँ अक्टोबर १८ तारिख शुक्रवार देवान राकयात हल क्वालालम्पुरमा बसेको संसद बैठकमार्फत आगामी आर्थिक बर्षको लागि बजेट भाषण दिने क्रममा सबै निकायसंगको सहमतिमा यस्तो निर्णय पारित भएको सार्वजनिक घोषणा गरेका हुन।

प्रधानमन्त्री  अनवर बिन इब्राहिमले बजेट भाषण गर्ने क्रममा “मलेसियामा विभिन्न क्षेत्रमा कार्यरत कामदार हरुको न्युनतम पारिक्ष्रमिक दिनहुुँ ८ घण्टा काम गरे बापत्तको मासिक “बेसिक सेलरि” अहिलेको आरएम १५०० रिंगेटबाट आरएम २०० रिंगेट थप बढाएर आरएम १७०० रिंगेट पुर्याइएको निर्णय भएको सार्वजनिक गरेका हुन ।

आरएम १७०० न्युनतम पारिक्ष्रमिकको निर्णय आउँदो बर्ष सन् २०२५ फेब्रुअरी १ तारिखदेखि पुर्णरुपमा लागू गर्न गराउन गृहमन्त्रालय र श्रम मन्त्रालयसंगको सहकार्यमा यहाँ रहेका सबै रोजगारदाता कम्पनीलाई आ-आफ्नो कामदारको पारिक्ष्रमिक बढाउन निर्देशन दिइसकिएको र सोही अनुरुप प्रक्रिया अगाडि बढाइएको बताए ।

अहिलेको मलेसियाली मदानी सरकारको यस् निर्णयले यहाँ काम गर्ने स्थानीय देखि विदेशी सबै कामदार खुशी हुनेमा आफू विश्वस्त रहेको बताउँदै , कामदारको आर्थिक स्थिति सुधार्नमा आफू र आफ्नो सरकार सदैव लागिरहने प्रधानमन्त्री अनवर बिन इब्राहिमले बताएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]