०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

(रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, कार्तिक ०२, २०८१

सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

कास्की जिल्ला अदालतले रविलाई पक्राउ गर्न शुक्रबार अनुमति दिएको एक उच्च प्रहरी अधिकृतले लोकान्तरलाई जानकारी दिए ।

 

गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोप छ ।

 

उनीमात्रै होइन, उनका पार्टनर एवं गोरखा मिडियाका अध्यक्ष गितन्द्रबाबु राई (जीबी राई) र सञ्चालक छविलाल जोशी बञ्जाडेमाथि एउटै आरोप छ । छवि अहिले जिल्ला प्रहरी कार्यालय कास्कीकै हिरासतमा छन् ।

उनीविरुद्ध सहकारी ठगी र संगठित अपराध सजायँ ऐनअन्तर्गत अनुसन्धान भइरहेको छ ।

आज कास्की प्रहरीले छविलाई म्याद थप गर्ने बेला रविलाई पक्राउ गर्न अनुमति मागेको थियो ।

‘छविले रविका विरुद्ध बयान दिएपछि अनुसन्धानको दायरमा ल्याउनुपर्ने भएकाले पक्राउ पुर्जी मागेका थियौं,’ ती प्रहरी अधिकृतले भने ।

कास्कीस्थित पोखराको सूर्यदर्शन, चितवनको सहारा, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोरखा मिडियामा मात्र ६५ करोड ५४ लाख रुपैयाँ ल्याइएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया !  मलेसियामा रहेका लिम्बू समुदायले आफ्नो मौलिक सांस्कृतिक चाड चासोक तङनाम यस वर्ष पनि किराँत याक्थुङ चुम्लुङ क्षेत्रीय समिति, जोहोरको आयोजनामा विविध सांस्कृतिक कार्यक्रमसहित १४ डिसेम्बर २०२५ (आइतबार) मा भव्य रूपमा मनाउने भएको छ। कार्यक्रम जोहोर बारुस्थित JO Hotel मा आयोजना हुने छ। समितिका अध्यक्ष हेमराज लिम्बूका अनुसार मलेसियामा काम तथा बसोबास गर्ने लिम्बू […]

 मलेसिया – मलेसियामा अवैधानिक रुपमा काम गर्दै आएका एक नेपाली सुरक्षागार्डलाई विरालामाथि क्रुर र अशोभनीय व्यवहार गरेको आरोपमा सेशन्स अदालतले आरएम ४० हजार जरिवाना तिर्न आदेश दिएको छ। जरिवाना तिर्न नसकेमा उनलाई १५ महिनासम्म जेल सजाय हुने निर्णय गरिएको छ। ३३ वर्षीय अर्मान शाहले बुधबार अदालतमा उपस्थित भई आफू दोषी ठहरेको स्वीकार गरेपछि न्यायाधीश नोर […]

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]