०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

जाजरकाेट भूकम्पले, मृत्यु हुनेकाे संख्या ७१ पुग्याे

Logo
HeroNepal-tv प्रकाशित शनिबार, कार्तिक १८, २०८०

शुक्रबार राति जाजरकोटकाे रामीडाँडालाई केन्द्र बनाएर गएकाे ६.४ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेकाे संख्या ७१ पुगेकाे छ । रुकुम पश्चिम र जाजरकोटमा गरी ७१ जनाकाे मृत्यु भएकाे सरकारी अधिकारी र जनप्रतिनिधिहरूले बताएका छन् ।

रुकुम पश्चिमकाे आठविसकोट नगरपालिका वडा नम्बर ११ मा ६ जना, वडा नम्बर १२ मा ३ जना, वडा नम्बर १३ मा ७ जना, वडा नम्बर १४ मा १२ जना मृत्यु भएको उनले जनाए । त्यस्तै, सानीभेरी गाउँपालिका वडा १ मा ४ जना, वडा नम्बर २ मा १ जना र वडा नम्बर ४ मा २ जनाको मृत्यु भएको छ ।

भूकम्पमा परी दुई पालिकामा गरी ५३ जना घाइते भएका हुन् । घाइतेहरूको मिसन अस्पताल चौरजहारी, जिल्ला अस्पताल सल्ले र आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।

शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो

यसैगरी, जाजरकोटको नलगाड नगरपालिकाको एकै वडामा २० जनाको मृत्यु भएको छ । वडा नम्बर १ काे सिउरी भन्ने गाउँका १२ जना, कल्पतमा ५ जना र पाली गाउँमा ३ जना गरी २० जनाकाे मृत्यु भएकाे वडाध्यक्ष धनबहादुर महरले बताए । भूकम्पमा परी नालगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहकाे पनि मृत्यु भएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]