०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

घोडाघोडिमा कैलालि जिल्ला स्तरिय जुनियर तथा युवा रेडक्रस सोसाईटी को गोष्टि सुरु, आज समापन हुने।

Logo
प्रशान्त डि सि प्रकाशित शनिबार, आश्विन १२, २०८१

१२ असोज,सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको ३९ औँ जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी शुक्रवार देखि सुरु भएको छ । घोडाघोडी नगरपालिकाको मुख्य सहयोग, घोडाघोडी बहुमुखी क्याम्पसको सहयोग र  घोडाघोडी सामुदायिक माध्यमिक विद्यालयको जुनियर रेडक्रस सर्कलको आतिथ्यतामा दुई दिने गोष्ठी सुरु भएको हो ।

उक्त गोष्ठीमा जिल्ला भरिका १ सय ३९ विद्यालयका विद्यार्थीहरू सहभागी भएका छन् । जसमा प्रत्यक्ष विद्यालयबाट २ जना रेडक्रसमा आबद्ध विद्यार्थी र एक जना शिक्षक गरी तीन जना सहभागी भएका आयोजकले जनाएको छ । पहिलो दिन औपचारिक रूपमा कार्यक्रमको उद्घाटन गरिएको छ । त्यस लगत्तै शुक्रवार र शनिबार बन्द सत्र चलेर भोलि समापन हुने छ ।
नेपाल रेडक्रस सोसाइटी कैलालीका सदस्य तथा जुनियर तथा युवा रेडक्रस कैलालीको संयोजक रङ्ग प्रसाद तिमिल्सैनाको सभापतित्वमा सुरु भएको समुद्घाटन कार्यक्रमको प्रमुख अतिथिमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का रहेका थिए ।
रेडक्रस सोसाइटीका केन्द्रीय पदाधिकारी, जिल्ला रेडक्रस सोसाइटीका पदाधिकारी, नगरपालिका प्रमुख, उपप्रमुख, अन्य जनप्रतिनिधि, प्राध्यापक, शिक्षक विद्यार्थीहरूको उपस्थितिमा कार्यक्रमको औपचारिक रुपमा मन्त्री खड्काले उद्घाटन गरेका थिए । कार्यक्रममा रेडक्रस सोसाइटी घोडाघोडी उप शाखाका सभापति भवानी प्रसाद तिवारीले धन्यावाद ज्ञापन व्यक्त गरेका थिए ।
कार्यक्रमको उद्देश्य माथी प्रकाश नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका मन्त्री लोक राज जोशीले गरेको थिए । घोडाघोडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख लक्ष्मी प्रसाद भट्टराईको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन चेतराज विनाडीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]