०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

ममता हराएपछि प्रहरीले नरेश भट्टसँग गरेको सोधपुछको भिडिओ सार्वजनिक

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, आश्विन १०, २०८१

काठमाडौँ । अमेरिकामा बस्दै आएकी नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको झन्डै २ महिना बितिसक्दा पनि उनले कहाँ गएको र किन बेपत्ता भएकी भन्ने कुरा स्पष्ट हुन सकेको छैन। ममता बेपत्ता भएको घटनामा उनका श्रीमान् नरेश भट्टमाथि शंकास्पद गतिविधिहरूको आरोप लगाइएको छ।

सरकारी वकिलहरूले जानकारी दिएका अनुसार, नरेश भट्टले ममताको शवका टुक्राहरू विभिन्न स्थानमा फालेको बताएका छन्। यसैबीच, अधिकारीहरूले ममताको खोजी गर्ने क्रममा नरेशसँगको अन्तरक्रियाको भिडियो सार्वजनिक गरेका छन्। नरेशमाथि ममताको शव लुकाएको आरोप लगाइएको छ, तर अहिलेसम्म प्रहरीले ममताको शव फेला पार्न सकेको छैन।

नरेशका वकिलले आगामी शुक्रवार अदालतमा हुने पेसीमा आफ्नो क्लाइन्टको नाममा जारी पक्राउ पुर्जी र उनलाई पक्राउ गर्ने क्रममा देखाइएको प्रमाणहरू खारेज गर्नुपर्ने तर्क पेस गर्नेवाला छन् । नरेशको नाममा पक्राउ पुर्जी जारी गराउन म्याजिष्ट्रेटलाई मनाउन गलत सूचना प्रयोग गरेको भनेर प्रतिवादीका वरिष्ठ सहायक वकिल शालेभ बेन–अभराहमले भनेका छन् ।

उनले अगस्ट २ मा मनसास पार्कका प्रहरी अधिकारीहरू भट्ट दम्पतीको घरमा आउँदाको क्यामरा भिडियो रेकर्डलाई पनि उद्धृत गरेका छन् । ममता काम गर्ने यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरले उनी काममा नआएको भन्दै चिन्ता गरेपछि अधिकारीहरू उनको घरमा पुगेका थिए ।

नरेशले श्रीमती हराएको भनेर उजुरी दिन नमानेपछि उनलाई समातिएको प्रतिवादी वकिलले अघिल्ला दुई सुनवाइमा तर्क दिएका थिए । १४ मिनेटको सो भिडियोमा अधिकारीहरूले ‘हामी ममता काफ्लेलाई खोजिरहेका छौँ’ भन्छन् ।

यसक्रममा नरेश आफ्ना नाबालिग छोरीलाई बोकिरहेका देखिन्छन् । ‘हो, मङ्गलवार, होइन बुधवार उनी गइन् । आफू न्यूयोर्क वा टेक्सस जान्छु भनेर भनेकी थिइन् । उनीसँग एउटा फोन पनि थियो । तर फोन फुटाइन् अनि गइन्’ नरेशले भनेको सुनिन्छ ।

त्यसपछि अधिकारीहरूले नरेशलाई उनी किन गइन् भनेर सोध्छन् । यसको जवाफमा नरेशले आफूहरू अलग्गिन थालेको अनि आफूले घर बेच्न खोजेकोले निरीक्षकहरू आउन लागेको बताउँछन् । ‘उनी यसरी हराएको यो पहिलो पटक होइन । उनी फर्केर आउँछिन्’ नरेश भन्छन् ।

निरीक्षणका क्रममा अधिकारीहरूले कयौँ पटक श्रीमती आएपछि आफूहरूलाई सम्पर्क गर्न भन्छन् । नरेशलाई समात्ने पक्राउ पुर्जी जारी गराइपाउन पेस गरिएको अन्य प्रमाणमा अगस्ट ५ को फलो–अप टेक्स्ट म्यासेज थियो । यसमा उनले अधिकारीहरूलाई श्रीमती फर्किएर नआएको र उनीसँग सम्पर्क नभएको बताउँछन् ।

त्यसपछि अधिकारीले ‘ठिक छ सर, अपडेटका लागि धन्यवाद, तपाईंले उनलाई खोज्न सम्भव भएसम्मका सबै उपायहरू प्रयोग गरिसक्नुभएको छ र उनी हराएकी हुन् भन्ने लाग्छ भने ९११ मा फोन गर्नुहोस्’ भन्ने जवाफ म्यासेजमा आउँछ ।

ममताले जुलाई २९ मा आफ्नी आमासँग भिडियोमा कुराकानी गरेकी थिइन् । त्यसको भोलिपल्ट बिहान नरेशले छोरीलाई बेबीसिटरको अपार्टमेन्टमा पुर्‍याइदिन्छन् । केही बेरपछि उनी प्लास्टिक र फोहोर राख्ने कयौँ झोलाका साथमा बेबीसिटरको अपार्टमेन्ट भवन बाहिर क्यामरामा देखिन्छन् । सोही साँझ उनले फोहोर राख्ने कालो ठुलो झोलाको प्याक किनेको बताइएको छ ।

जुलाई ३१ को बिहान १ः३० मा फल्स चर्चमा आफ्नो टेस्ला कारबाट नरेशले फोहोरको झोला झिकेर फोहोर फ्याँक्ने ठाउँमा फ्याकेको भिडियोले देखाएको छ । टेस्लाको रेकर्डले सो समय उनी त्यहाँ भएको देखाए पनि उनको फोन भने इन्याक्टिभ थियो । सायद उनले साथमा फोन लगेका थिएनन् कि ।

नरेशको घरमा बिहान प्रायः तीन देखि चार ग्यालन मात्रै पानी खपत हुने गरेको थियो । तर त्यही दिन बिहान नरेशको घरमा १५० ग्यालन भन्दा धेरै पानी खर्च भएको देखिएको सरकारी वकिलहरूको भनाइ छ । मंगलबारको पूर्वपक्षीय सुनुवाइमा अदालतमा न्यायाधीशको साथमा नरेश भट्ट र उनका वकिल मात्रै थिए ।

सुनवाइपछि नरेशका वकिलले भित्र के भयो अनि गोप्य सुनुवाइका लागि कसले अनुरोध गरेको हो भन्नेबारे केही पनि बताएनन् । सरकारी वकिल, प्रतिवादीका वकिल र नरेश शुक्रवार बिहान पुनः अदालतमा उपस्थित हुँदैछन् । यसमा नरेशका वकिलले उनीविरुद्ध जारी भएको पक्राउ पुर्जी रद्द गर्नुपर्ने तर्कहरू पेस गर्नेछन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]