०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

लागु औषधको कारोबार गरेको आरोपमा पक्राउ परेको रास्वपाका पूर्व सांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, आश्विन १०, २०८१

काठमाडौं । लागु औषधको कारोबार गरेको आरोपमा पक्राउ परेको रास्वपाका पूर्व सांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत कास्कीले उनलाई बुधबार ७५ हजार रुपैयाँ धरौटीमा छोडेको हो । जिल्ला न्यायाधीश भोलानाथ ढकालको इजालसले उनलाई धरौटीमा छोड्न आदेश दिएको हो । प्रतिबन्धित औषधि (लागुऔषध) टापेटाडोल कारोबारमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले श्रेष्ठलाई गत २७ भदौमा पक्राउ गरेको थियो ।

श्रेष्ठको पोखरा पृथ्वीचोकस्थित दिया फार्मेसीले प्रतिबन्धित लागुऔषध बेच्ने गरेको एक जना युवकको बयानअनुसार उनलाई प्रहरीले पक्राउ गरेको थियो । ७ असोजमा जिल्ला अदालत कास्कीमा ढाकाकुमारसहित ४ जनालाई प्रतिवादी बनाएर लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएको थियो । गत ८ असोजमा हेर्दाहेर्दैमा राखिएको मुद्दामा अदालतले बुधबार प्रतिवादीलाई धरौटी माग गर्ने आदेश गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]