२१ मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

सुर्खेतमा स्केटिङ हाउसको बढ्दो क्रेज,धमाधम स्केट हाउस दर्ता हुदै

Logo
अंगराज परियार प्रकाशित शुक्रबार, आश्विन ११, २०८१

मेरिकामा समुद्री छालमा खेलिने चर्चित खेल सर्फिङ टेलिभिजन र सामाजिक सञ्जालमा देखेकै भरमा स्केटिङ खेल्ने बालबालिकादेखि यूवाहरू सपना बुनेर दैनिक पुग्ने गरेका छन् । यो खेल अहिले विश्वका युवापुस्तामा निकै चर्चित छ । स्केटिङ्ग खेल्न चाहने टिन एजरहरूको संख्या बढेपछि सामान्य परिवारका बालबालिकालाई पनि आकर्षण गरिरहेको छ ।

नेपाली युवा पुस्ताका लागि नौलो प्रस्तुति रहेकाले सुर्खेतमा पनि स्केटिङ हाउसमा युवाहरूमा यसको क्रेज बढेको पाईएको छ । सुर्खेतमा पनि एक पछि एक गरेर स्केट हाउस सञ्चालन भैरहेका छन् । वीरेन्द्रनगर नगरपालिका–१० पिपिरा देखि हिलेखाले सम्म साहसिक खेल स्केट हाउस सञ्चालनमा आएपछि हालसम्म सुर्खेतमा १७ वटा स्केट हाउस दर्ता भएतापनि हाल १० वटा नियमित संचालनमा रहेका छन् । एक घण्टा स्केटिङ खेल्न दुई सय रुपैयाँ तिर्नुपर्छ।

वीरेन्द्रनगरका स्थानीय रेसम गुरुङ र भुपेन्द्र गुरुङका दाजुभाईले वीरेन्द्रनगर नगरपालिका १० एअरपोर्ट नजिक ४० लाखको लागतमा सुर्खेत स्केट हाउस सञ्चालन गरेका छन् । यो सुर्खेतको सबैभन्दा पुरानो स्केट हाउस हो । ट्राकसहित स्केटमा दुई जना प्रशिक्षक र ५ जना सहयोगी राखिएको छ । १० वर्षका लागि जग्गा लिजमा लिएर सञ्चालन गरिएको स्केटको मासिक खर्च एक लाख अनुमान गरिएको छ । एक घण्टा खेलेको दुई सय रुपैया तोकिएको उनले जानकारी दिए ।

उनका अनुसार अब यो खेललाई थप सफल बनाउन विभागीय क्लबका साथै स्कुल–स्कुलमा पुर्याउने योजना छ । स्कुलमा दक्ष प्रशिक्षकसमेत व्यवस्थापन गरिने गुरुङले बताए । स्केट हाउस बिहानको ६ बजेदेखि साँझाको ९ बजेसम्म सञ्चालन गरिने स्केट हाउसका संचालक डाँगीले जानकारी गराए ।
सुर्खतको एअरपोट तीनकुने चोकबाट पश्चिम इत्रामखोला पुल सडकमा द स्केटिङ जोन लोकजंग शाहीले सञ्चालनमा ल्याएका हुन् । स्केट जोन ५ हजार स्क्वायर फिटको कम्पाउण्डमा रहेको छ । एक जनाले एक घण्टा खेलेवापत दुई सय रुपैया शुल्क लाग्छ, ८ देखि १८ वर्षका बालबालिका, किशोरकिशोरीलाई लक्षित गरेर स्केटिङ सञ्चालन गरेको बताए । नेपालगन्जमा थप एक स्केट हाउस सञ्चालनमा आएको छ ।

दैलेख नारायण नगरपालिका १० का सन्त बहादुर रावत लगायत ५ जनाको सहकार्यमा द कर्णाली स्केटिङ पार्क वीरेन्द्रनगर सुर्खेत बसपार्क हंगकंग बजार भित्र सञ्चालनमा ल्याएका हुन् । जग्गामा स्केटिङ हाउस पार्क बनाउँदा ४० लाख खर्चियो स्केटिङ हाउसमा चाहिने आवश्यक सामाग्री जुत्ता जुटाउँदा २० लाख लाग्यो जसोतसो गरी ६० लाखको लागतमा यो स्केटिङ हाउस सञ्चालनमा आएको हो उनले भने । विशेष गरि बालबालिकालाई मोबाइलको लतबाट छुटाउन र बालबालीका फुर्तिला बनाउने स्केट खेलकोे भुमिका रहेको उनले अपेक्षा गरे ।

ट्राकसहित स्केटमा तीन जना प्रशिक्षक र ८ जना सहयोगी राखिएको छ । १० वर्षका लागि जग्गा लिजमा लिएर सञ्चालन गरिएको स्केटको मासिक खर्च एक लाख अनुमान गरिएको छ । पार्कबाट मासिक २ लाख सम्म कमाई हुने सञ्चालक रावतले बताए । स्केट हाउस ८ हजार स्क्वायर फिटको कम्पाउण्डमा रहेको छ । एक जनाले एक घण्टा खेलेवापत दुई सय रुपैया शुल्क लाग्छ, ८ देखि १८ वर्षका बालबालिका, किशोरकिशोरीलाई लक्षित गरेर स्केटिङ सञ्चालन गरेको बताए । एक पटकमा ९० जनासम्म खेल्न मिल्ने गरि बनाइएको छ । सुखेतमा स्केटिङ सञ्चालनमा रहेका १० वटा स्केट हाउस मध्ये सबैभन्दा ठूलो रहेको रावतले बताए ।

कोरियामा रोजगारीको शिलशिलामा जाँदा कोरियन बच्चा स्केट खेलेको देख्दा नेपालमा पनि स्केटिङ हाउस सञ्चालन गर्नेे योजनामा थिए । ‘नेपालमा अझै पनि कुलत र लागुऔषधमा फसिसकेका युवाहरूले मात्रै खेल्ने खेल भनेर बुझ्छन्। यस खेललाई अन्य देशमा सम्मानपूर्वक हेरिए पनि नेपालमा नकारात्मक दृष्टिकोणले हेर्छन् यसले हामीजस्ता खेलाडीलाई निरुत्साहित बनाउँछ,’ उनी भन्छन्।

स्थानीय ललित थापाले वीरेन्द्रनगर नगरपालिका ९ लाटीकोइली रोडमा कर्णाली स्केट जोन सञ्चालनमा ल्याएका हुन् । ५५ लाखको लागतमा आजबाट सञ्चालनमा आएको स्केट हाउस ६ हजार स्क्वायर फिटमा पूर्ण मापदण्ड अनुसार रहेको सञ्चालक थापाले बताए । विशेष गरि बालबालिकालाई मोबाइलको लतबाट छुटाउन र बालबालीका फुर्तिला बनाउने स्केट खेलकोे भुमिका रहेको उनले अपेक्षा गरे । ट्राकसहित स्केटमा दुई जना प्रशिक्षक र ५ जना सहयोगी राखिएको छ । एक घण्टा खेलेको दुई सय रुपैया तोकिएको छ । एक हप्ताको लागि उद्घाटन अफरकारुपमा एक घण्टाको सय रुपैया कायम गरिएको उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]