०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

सुर्खेतमा स्केटिङ हाउसको बढ्दो क्रेज,धमाधम स्केट हाउस दर्ता हुदै

Logo
अंगराज परियार प्रकाशित शुक्रबार, आश्विन ११, २०८१

मेरिकामा समुद्री छालमा खेलिने चर्चित खेल सर्फिङ टेलिभिजन र सामाजिक सञ्जालमा देखेकै भरमा स्केटिङ खेल्ने बालबालिकादेखि यूवाहरू सपना बुनेर दैनिक पुग्ने गरेका छन् । यो खेल अहिले विश्वका युवापुस्तामा निकै चर्चित छ । स्केटिङ्ग खेल्न चाहने टिन एजरहरूको संख्या बढेपछि सामान्य परिवारका बालबालिकालाई पनि आकर्षण गरिरहेको छ ।

नेपाली युवा पुस्ताका लागि नौलो प्रस्तुति रहेकाले सुर्खेतमा पनि स्केटिङ हाउसमा युवाहरूमा यसको क्रेज बढेको पाईएको छ । सुर्खेतमा पनि एक पछि एक गरेर स्केट हाउस सञ्चालन भैरहेका छन् । वीरेन्द्रनगर नगरपालिका–१० पिपिरा देखि हिलेखाले सम्म साहसिक खेल स्केट हाउस सञ्चालनमा आएपछि हालसम्म सुर्खेतमा १७ वटा स्केट हाउस दर्ता भएतापनि हाल १० वटा नियमित संचालनमा रहेका छन् । एक घण्टा स्केटिङ खेल्न दुई सय रुपैयाँ तिर्नुपर्छ।

वीरेन्द्रनगरका स्थानीय रेसम गुरुङ र भुपेन्द्र गुरुङका दाजुभाईले वीरेन्द्रनगर नगरपालिका १० एअरपोर्ट नजिक ४० लाखको लागतमा सुर्खेत स्केट हाउस सञ्चालन गरेका छन् । यो सुर्खेतको सबैभन्दा पुरानो स्केट हाउस हो । ट्राकसहित स्केटमा दुई जना प्रशिक्षक र ५ जना सहयोगी राखिएको छ । १० वर्षका लागि जग्गा लिजमा लिएर सञ्चालन गरिएको स्केटको मासिक खर्च एक लाख अनुमान गरिएको छ । एक घण्टा खेलेको दुई सय रुपैया तोकिएको उनले जानकारी दिए ।

उनका अनुसार अब यो खेललाई थप सफल बनाउन विभागीय क्लबका साथै स्कुल–स्कुलमा पुर्याउने योजना छ । स्कुलमा दक्ष प्रशिक्षकसमेत व्यवस्थापन गरिने गुरुङले बताए । स्केट हाउस बिहानको ६ बजेदेखि साँझाको ९ बजेसम्म सञ्चालन गरिने स्केट हाउसका संचालक डाँगीले जानकारी गराए ।
सुर्खतको एअरपोट तीनकुने चोकबाट पश्चिम इत्रामखोला पुल सडकमा द स्केटिङ जोन लोकजंग शाहीले सञ्चालनमा ल्याएका हुन् । स्केट जोन ५ हजार स्क्वायर फिटको कम्पाउण्डमा रहेको छ । एक जनाले एक घण्टा खेलेवापत दुई सय रुपैया शुल्क लाग्छ, ८ देखि १८ वर्षका बालबालिका, किशोरकिशोरीलाई लक्षित गरेर स्केटिङ सञ्चालन गरेको बताए । नेपालगन्जमा थप एक स्केट हाउस सञ्चालनमा आएको छ ।

दैलेख नारायण नगरपालिका १० का सन्त बहादुर रावत लगायत ५ जनाको सहकार्यमा द कर्णाली स्केटिङ पार्क वीरेन्द्रनगर सुर्खेत बसपार्क हंगकंग बजार भित्र सञ्चालनमा ल्याएका हुन् । जग्गामा स्केटिङ हाउस पार्क बनाउँदा ४० लाख खर्चियो स्केटिङ हाउसमा चाहिने आवश्यक सामाग्री जुत्ता जुटाउँदा २० लाख लाग्यो जसोतसो गरी ६० लाखको लागतमा यो स्केटिङ हाउस सञ्चालनमा आएको हो उनले भने । विशेष गरि बालबालिकालाई मोबाइलको लतबाट छुटाउन र बालबालीका फुर्तिला बनाउने स्केट खेलकोे भुमिका रहेको उनले अपेक्षा गरे ।

ट्राकसहित स्केटमा तीन जना प्रशिक्षक र ८ जना सहयोगी राखिएको छ । १० वर्षका लागि जग्गा लिजमा लिएर सञ्चालन गरिएको स्केटको मासिक खर्च एक लाख अनुमान गरिएको छ । पार्कबाट मासिक २ लाख सम्म कमाई हुने सञ्चालक रावतले बताए । स्केट हाउस ८ हजार स्क्वायर फिटको कम्पाउण्डमा रहेको छ । एक जनाले एक घण्टा खेलेवापत दुई सय रुपैया शुल्क लाग्छ, ८ देखि १८ वर्षका बालबालिका, किशोरकिशोरीलाई लक्षित गरेर स्केटिङ सञ्चालन गरेको बताए । एक पटकमा ९० जनासम्म खेल्न मिल्ने गरि बनाइएको छ । सुखेतमा स्केटिङ सञ्चालनमा रहेका १० वटा स्केट हाउस मध्ये सबैभन्दा ठूलो रहेको रावतले बताए ।

कोरियामा रोजगारीको शिलशिलामा जाँदा कोरियन बच्चा स्केट खेलेको देख्दा नेपालमा पनि स्केटिङ हाउस सञ्चालन गर्नेे योजनामा थिए । ‘नेपालमा अझै पनि कुलत र लागुऔषधमा फसिसकेका युवाहरूले मात्रै खेल्ने खेल भनेर बुझ्छन्। यस खेललाई अन्य देशमा सम्मानपूर्वक हेरिए पनि नेपालमा नकारात्मक दृष्टिकोणले हेर्छन् यसले हामीजस्ता खेलाडीलाई निरुत्साहित बनाउँछ,’ उनी भन्छन्।

स्थानीय ललित थापाले वीरेन्द्रनगर नगरपालिका ९ लाटीकोइली रोडमा कर्णाली स्केट जोन सञ्चालनमा ल्याएका हुन् । ५५ लाखको लागतमा आजबाट सञ्चालनमा आएको स्केट हाउस ६ हजार स्क्वायर फिटमा पूर्ण मापदण्ड अनुसार रहेको सञ्चालक थापाले बताए । विशेष गरि बालबालिकालाई मोबाइलको लतबाट छुटाउन र बालबालीका फुर्तिला बनाउने स्केट खेलकोे भुमिका रहेको उनले अपेक्षा गरे । ट्राकसहित स्केटमा दुई जना प्रशिक्षक र ५ जना सहयोगी राखिएको छ । एक घण्टा खेलेको दुई सय रुपैया तोकिएको छ । एक हप्ताको लागि उद्घाटन अफरकारुपमा एक घण्टाको सय रुपैया कायम गरिएको उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

मलेसिया – किराँत याक्थुङ चुम्लुङ (केवाईसी) जोहोर, मलेसियाले आफ्नो प्रथम अधिवेशन–२०२६ आयोजना गर्ने भएको छ। संस्थाका अनुसार “भाषा बाँचे संस्कृति बाँच्छ, संस्कृति बाँचे माटो बोल्छ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा विदेशमा रहेर पनि आफ्नो कार्यव्यस्तताका बाबजुद लिम्बू समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणमा संगीत क्षेत्रमार्फत योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गरिनेछ। […]

क्वालालम्पुर, मलेसिया – मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकहरूले नेपाली राजदूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्ने मात्र नभई कम्पनीहरूमा प्रत्यक्ष पुगेर श्रमिकहरूको वास्तविक अवस्था बुझ्नुपर्ने आवश्यकता औंल्याएका छन्। मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकले अझै पनि आफ्नो राहदानी (पासपोर्ट) आफूसँग नरहेको बताएका छन्। श्रमिकहरूका अनुसार केही कम्पनीहरूले कामदारले कुनै कामका लागि पासपोर्ट माग्दा RM २,००० देखि RM […]