०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

बेंगलुरुमा बीभत्स हत्या गरिएकी महालक्ष्मी त्रिकोणात्मक प्रेम सम्वन्धका कारण मारिएको आशंका

Logo
HeroNepal-tv प्रकाशित बुधबार, आश्विन ०९, २०८१

भारतको बेंगलुरुमा बीभत्स हत्या गरिएकी महिलाका श्रीमान् नेपाली भएको खुलेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बेंगलुरुको व्याली कवल क्षेत्रमा पर्ने ६ क्रस पाइप लाइन रोडस्थित तीनतले भवनभित्र २९ वर्षीया महालक्ष्मीको बीभत्स हत्या भएको हो।

भवनको कोठामा १६५ लिटर मोडलको सिंगल डोर फ्रिजभित्र महालक्ष्मीको शव ३० देखि ४० टुक्रामा भेटिएको हो। साथै भुइँमा समेत शवका टुक्रा छरिएका थिए। यसअघि यस्तो बीभत्स हत्या नदेखेको बेंगलुरु प्रहरीसमेत छक्क पर्‍यो। शवका टुक्रा संकलन गर्न बेंगलुरुको फोरेन्सिक टोली एक्लैले नसकेर सरकारी अस्पतालका मेडिकल स्टाफलाई समेत बोलाउनुपरेको थियो।

त्यही घरमा भाडामा बस्ने अन्यले महालक्ष्मीको बन्द कोठाबाट खपिनसक्नुको दुर्गन्ध आउन थालेपछि यही सेप्टेम्बर २० का दिन घरमालिकलाई खबर गरे। कोठाभाडा सम्झौता गर्दा महालक्ष्मीले आकस्मिक सम्पर्कका लागि बेंगलुरुमा बस्ने आफ्ना आमा र बहिनीको फोन नम्बर दिएकी थिइन्। घरधनीले महालक्ष्मीकी आमालाई फोन गरेर महालक्ष्मीको बस्ने कोठा बन्द रहेको र दुर्गन्ध आइरहेको कुरा सुनाए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

मलेसिया – किराँत याक्थुङ चुम्लुङ (केवाईसी) जोहोर, मलेसियाले आफ्नो प्रथम अधिवेशन–२०२६ आयोजना गर्ने भएको छ। संस्थाका अनुसार “भाषा बाँचे संस्कृति बाँच्छ, संस्कृति बाँचे माटो बोल्छ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा विदेशमा रहेर पनि आफ्नो कार्यव्यस्तताका बाबजुद लिम्बू समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणमा संगीत क्षेत्रमार्फत योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गरिनेछ। […]

क्वालालम्पुर, मलेसिया – मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकहरूले नेपाली राजदूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्ने मात्र नभई कम्पनीहरूमा प्रत्यक्ष पुगेर श्रमिकहरूको वास्तविक अवस्था बुझ्नुपर्ने आवश्यकता औंल्याएका छन्। मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकले अझै पनि आफ्नो राहदानी (पासपोर्ट) आफूसँग नरहेको बताएका छन्। श्रमिकहरूका अनुसार केही कम्पनीहरूले कामदारले कुनै कामका लागि पासपोर्ट माग्दा RM २,००० देखि RM […]