०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

एनआरएनए मलेसिया द्वारा आयोजित सुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

Logo
कृष्ण गुप्ता प्रकाशित सोमबार, आश्विन ०७, २०८१

कृष्ण गुप्ता / हिरो नेपाल टिभी
क्वालालम्पुर मलेसिया

गैरआवासीय नेपाली संघ मलेसिया, राष्ट्रिय समन्वय परिषद द्वारा आयोजित दसैं तिहार तथा छैठ पर्ब विशेष सुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न भएको छ ।

नवनियुक्त अध्यक्ष राकेश प्रसाद महतोको सभापतित्व मा होटल ग्राण्ड कन्टिनेण्टलको सभाहलमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका एसिया प्यासिफिक क्षेत्रीय संयोजक हरिप्रसाद भट्टराई को प्रमुख आतिथ्यता क्रमशः नेपाली जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पङ्गेनी ,गैर आवासीय नेपाली सघं अन्तराष्ट्रीय सद्स्य टेक बहादुर टमाटा,वैदेशिक रोजगार व्यावसायि संघका अध्यक्ष कमल गौतम ,नेपाल एयर्लाइन्सका कन्ट्री मेनेजर नेत्र राज राउत,बरिस्ठ क्याप्टेन बिजय लामा,क्याप्टेन असविन कुमार खंडका ,क्याप्टेन रमन घिमिरे ,सुरेस यादव ,फर्सु ज्ञवाली,गोर्खाली एसोशियनका अध्यक्ष रोसन राणा ,हिमालय बैकं मलेशियाका प्रमुख बिष्णु पौड्याल,एन एन बि बैकं मलेशियाका प्रमुख मुकेश गुरागाई,रिया मनि ट्रान्सफर का मलेसिया प्रमुख बासु शर्मा रमेश चापागाईं,भोजपुर सेवा समाज मलेशियाका अध्यक्ष खेमराज खत्री, लक्ष्मी फाउन्डेसनका फाउन्डर नारायण अधिकारी ,आर. टि. एफ सि फुटबल क्लबका अध्यक्ष तथा युवा सम्योजक राजु तामाङ,मलक्का फुटबल क्लबका अध्यक्ष उमेश कोइरी महतो,जेबि युनाईटेड फुडवल ग्रुपका अध्यक्ष मान मगर,इ सेवा मनि ट्राफरका मलेसिया प्रमुख निरनजन थापा तथा प्रतिनिधि बिष्णु खनाल,समाजसेवि एवम् पुर्ब कोषाध्यक्ष राजु शर्मा संघ को मलेसिया को एक मात्रै कृयासिल जुझारु क्षेत्रीय समिति जोहोरका निबर्तमान तथा पुर्ब पधादिकारिहरु, मलेसिया विभिन्न पेसा ब्याबसाय गर्दै आएका व्यावसायि हरु को आतिथ्यतामा संपन्न भएको हो ।

गत वर्ष जुलाई २०२३ मा सम्पन्न संघको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने क्रममा सन् २०२३-२५ कार्यकालका लागि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष खगेन्द्र न्यौपानेको अध्यक्षतामा बनेको निर्वाचन समितिले अध्यक्ष पदमा परेका दुइ उमेद्वार लाई एक एक वर्षको कार्यकाल चलाउने सहमतिमा सहमत गराइ निर्बाचन सम्पन्न गराएको थियो । अघिल्लो १ वर्ष थापा र पछिल्लो १ वर्ष महतो अध्यक्ष हुने आन्तरिक सहमति भएको थियो ।
सोही सहमतिअनुसार थापाले राजिनामा दिएपछि बाँकी कार्यकालका लागि कार्यसमितिले महतोलाई अध्यक्षमा चयन गरेपछी नवनियुक्त अध्यक्षको यो पहिलो र औपचारिक कार्यक्रम हो ।

गत भाद्र २२ मा क्वालालम्पुर स्थित कार्यलयमा बसेको बैठक बाट रास्ट्रीय सम्मन्वय परिसद मलेसियाका पदाधिकारीको रोहबरमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् एसिया प्यासिफिक क्षेत्रीय संयोजक (Rc) हरिप्रसाद भट्टराई ले अध्यक्ष राकेस प्रसाद महतो लाइ पद तथा गोपनियताको सफत ग्रहण गराएर कार्यभार हस्तान्तरण गराउनुभएको थियोे ।

नवनियुक्त अध्यक्ष राकेश प्रसाद महतोले आफू संघमा केही लिन हैन केही दिन आएको बताउदै आफुले गरेका प्रतिबद्धतामा अडिग रहेर संघ लाई थप सुदृढीकरण र ब्यबस्थित बनाउदै सबैको उचित सुझाव ग्रहण गर्दै सबैलाइ मिलाएर लैजाने प्रयास सदैब रहने बताउनुभयो।

सुभकामना मन्तब्यका क्रममा उपाध्यक्ष हेमराज साप्कोटाले कसैले संघ माथी दुराग्रह नराखेर आफुले गरेका सहमति लाई केही साथीहरूले दुत्कारेको बताउदै सबै मिलेर पुर्ब सहमति अनुसार मिलेर जानुको बिकल्प नरहेको नेपाली जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पङ्गेनीले राज्यले कार्यक्रमलाई उपेक्षा गरेको
युवा संयोजक राजु तामाङले राजनैनिक सौदाबाजी नगर्न सबैलाई सबैकी सहयोग चाहिने बताए। एसिया प्यासिफिक क्षेत्रीय संयोजक (Rc) हरिप्रसाद भट्टराईले राज्यको तलव भत्ता खाएर सामाजिक कार्यमा सहकार्य गर्छु भन्ने सस्थालाई लिखित आमन्त्रण गर्दा सनेत अनुपस्थित जनाउनुले एक थरी ब्यापारीको उक्सावटमा लागेको आक्षेप लगाउदै र सबैलाइ समान रुपले राज्यले हेर्नुपर्ने यो विषयलाई गम्भीर भएर हेर्न अनुरोध गर्दै आफ्नो तर्फबाट NCC मलेसियालाई सदैब साथ सहयोग रहने बताउनुभयो ।

कार्यक्रममा नेपाल बाट आमन्त्रित तथा स्थानीय कलाकारहरुले मनोरञ्जनात्मक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । कार्यक्रम लाई रास्ट्रीय सम्मन्वय परिसद मलेसियाकको क्षेत्रीय समिति जोहोरका सल्लाहकार रमेश मल्ल ले संचालन गर्नुभएको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]