२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

दरबारमार्गको नाम ‘प्रचण्ड मार्ग’ राख्नुपर्ने प्रस्तावमा रविन्द्रलाई प्रचण्डको भने, ‘तपाईँले राजनीति गर्नुभएको हो’

Logo
HeroNepal-tv प्रकाशित सोमबार, आश्विन ०७, २०८१

काठमाडौं,  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दरबार मार्गको नाम प्रचण्ड मार्ग राख्नुपर्छ भनेर राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले राजनीति गरेको टिप्पणी गरेका छन् । गत संविधान दिवसको अवसरमा राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रले दरबार मार्गको नाम कांग्रेस–एमालेले प्रचण्ड मार्ग राख्नुपर्ने प्रस्ताव गरेका थिए ।

संविधान निगरानी समूह र आईएसएसआरको संयुक्त आयोजनामा आयोजित ‘संविधान कार्यान्वयनः अपेक्षा र बास्तविकता’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मिश्रले प्रचण्डलाई महत्व दिएर भन्दा पनि राजनीति गर्न उक्त अभिव्यक्ति दिएको उनले बताएका हुन् ।

‘दरबार मार्गको नाम प्रचण्ड मार्ग राखे हुन्छ कांग्रेस–एमालेले भनेर पनि भन्नुभयो । यो कांग्रेस–एमाले र प्रचण्डको बीचमा लडाईँ पार्न खोजेको हो कि ? मलाई त्यतिबेला त्यो महशुस भयो ।’ उनले भने, ‘उहाँले आफ्नो विचार त प्रष्ट राखिनै सक्नुभएको छ । त्यो विचार राख्ने मित्रले प्रचण्डलाई अलि बढी महत्व दिउँ भनेर त पक्कै पनि गर्नुभएको होईन । उहाँले राजनीति गर्नुभएको हो ।’

प्रचण्डले वर्तमान संविधानले सबै अभिव्यक्तिलाई व्यक्त गर्ने अधिकार दिएको बताए । वर्तमान संविधान प्रचण्डको संविधान नभएर नेपाली जनताको संविधान रहेको पनि उनले प्रष्ट पारे । संविधान निर्माणका क्रममा अरु नेताहरुको जस्तै आफ्नो पनि भूमिका रहेको कुरा सत्य भएपनि यसलाई प्रचण्डको संविधानको संज्ञा दिन नहुने उनले बताए ।

नेपालको राजनीतिक बृत्तमा संविधान, त्यसको संशोधन, परिमार्जन, परिवर्तनजस्ता विषयहरु अहिले एजेण्डाको रुपमा छलफल भइरहेको पनि उनले बताए । प्रचण्डले अहिले संविधान संशोधनको विषयलाई लिएर विभिन्न खालका कन्फ्यूजन बढेको पनि बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]