०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा नगर स्तरीय वतृत्वकला सम्पन्न

Logo
प्रशान्त क्षेत्री प्रकाशित बिहिबार, आश्विन ०३, २०८१

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा नगर स्तरीय वतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल विद्यार्थी सङ्घ घोडाघोडी नगर कार्यसमितिको आयोजनाका कार्यक्रममा भएको हाे। संविधान दिवसको अवसरमा पारी वतृत्वकला प्रतियोगिता राखिएको थियो । कार्यक्रममा घोडाघोडी नगरपालिका भित्रका १४  विद्यालयका २५ विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

नगर स्तरीय वतृत्वकला प्रतियोगिता घोडाघोडी सामुदायिक विद्यालयका बिनु भण्डारा प्रथम भएका छन् । त्यसै गरी राष्ट्रिय माध्यामिक विद्यालय रामपुरका कुवेर पाण्डे द्वितीय र घोडाघोडी सामुदायिक विद्यालयका सन्देश महरा तृतीय भएका छन् । उनीहरूले क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार र प्रमाण पत्र पाएका हुन । “संविधानको सफल कार्यान्वयनमा युवा तथा विद्यार्थीको भूमिका” सम्बन्धी शीर्षकमा  वतृत्वकला सन्चालन  गरिएकाे थियो । कार्यक्रमको निर्णायक मण्डमा डा. दिपक जोशी सदस्यहरूमा विजय लामिछाने र प्रेम सापकोटा रहनु भएकाे थियाे ।

नेपाल विद्यार्थी सङ्घ घोडाघोडी नगर कार्यसमितिका अध्यक्ष दीपेश बोहराको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख खडक बहादुर रावत रहेको थिए भने विशिष्ट अतिथिमा उप प्रमुख गुलिया कुमारी चौधरी रहनु भएको थियो । कार्यक्रममा नेपाली काग्रेश घोडाघोडी नगर कार्यसमितिका सभापति बम बहादुर सिंह, नेपाल शिक्षक सङ्घ घोडाघोडी नगर कार्यसमितिका अध्यक्ष दिनेश लामिछाने र नेपाल टे«ड युनियनका केन्द्रीय महाधिवेशन प्रतिनिधि धिरेन्द्र कठायत रहेका थिए । कार्यक्रमको सञ्चालन सचिव प्रशान्त क्षेत्रीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]