०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा नगर स्तरीय वतृत्वकला सम्पन्न

Logo
प्रशान्त क्षेत्री प्रकाशित बिहिबार, आश्विन ०३, २०८१

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा नगर स्तरीय वतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल विद्यार्थी सङ्घ घोडाघोडी नगर कार्यसमितिको आयोजनाका कार्यक्रममा भएको हाे। संविधान दिवसको अवसरमा पारी वतृत्वकला प्रतियोगिता राखिएको थियो । कार्यक्रममा घोडाघोडी नगरपालिका भित्रका १४  विद्यालयका २५ विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

नगर स्तरीय वतृत्वकला प्रतियोगिता घोडाघोडी सामुदायिक विद्यालयका बिनु भण्डारा प्रथम भएका छन् । त्यसै गरी राष्ट्रिय माध्यामिक विद्यालय रामपुरका कुवेर पाण्डे द्वितीय र घोडाघोडी सामुदायिक विद्यालयका सन्देश महरा तृतीय भएका छन् । उनीहरूले क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार र प्रमाण पत्र पाएका हुन । “संविधानको सफल कार्यान्वयनमा युवा तथा विद्यार्थीको भूमिका” सम्बन्धी शीर्षकमा  वतृत्वकला सन्चालन  गरिएकाे थियो । कार्यक्रमको निर्णायक मण्डमा डा. दिपक जोशी सदस्यहरूमा विजय लामिछाने र प्रेम सापकोटा रहनु भएकाे थियाे ।

नेपाल विद्यार्थी सङ्घ घोडाघोडी नगर कार्यसमितिका अध्यक्ष दीपेश बोहराको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख खडक बहादुर रावत रहेको थिए भने विशिष्ट अतिथिमा उप प्रमुख गुलिया कुमारी चौधरी रहनु भएको थियो । कार्यक्रममा नेपाली काग्रेश घोडाघोडी नगर कार्यसमितिका सभापति बम बहादुर सिंह, नेपाल शिक्षक सङ्घ घोडाघोडी नगर कार्यसमितिका अध्यक्ष दिनेश लामिछाने र नेपाल टे«ड युनियनका केन्द्रीय महाधिवेशन प्रतिनिधि धिरेन्द्र कठायत रहेका थिए । कार्यक्रमको सञ्चालन सचिव प्रशान्त क्षेत्रीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं – देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहे पनि शिक्षाका नाममा ठूलो रकम विदेशिने क्रम बढ्दो देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांकअनुसार शिक्षातर्फको व्यय रु ४२ अर्ब ९६ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय रु ३२ अर्ब २२ करोड रहेको थियो। […]

क्वालालम्पुर (मलेसिया) – नेपालमा हर्कराज साम्पाङ राईको नेतृत्वमा स्थापित श्रम संस्कृति पार्टीको प्रवास संगठन मलेसियामा पनि औपचारिक रूपमा गठन गरिएको छ। आइतबार राजधानी क्वालालम्पुरमा “देश सोच्न सकूँ, म देश बोल्न सकूँ, देशकै कर्म गर्न सकूँ, म देशकै लागि मर्न सकूँ” भन्ने मूल नारासहित आयोजना गरिएको श्रमदाता–श्रमिक भेला मार्फत पार्टीको मलेसिया प्रवास संगठन स्थापना गरिएको हो। […]

काठमाडौँ – नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मंगलबार मतदान हुँदैछ। एमाले केन्द्रीय निर्वाचन आयोगले दिउँसो १ बजेदेखि बेलुका ७ बजेसम्म मतदान समय तोकेको छ। मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरिएको छ। महाधिवेशनअन्तर्गत पार्टी अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर […]