०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

नेपाली टोली ओमानसँग १ विकेटले पराजित

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, आश्विन ०३, २०८१

गुल्सन झाको अलराउण्डर प्रदर्शनकाबीच हङकङमा जारी आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ।

सिरिजको दोस्रो खेलमा नेपाली टोली ओमानसँग १ विकेटले पराजित भएको हो। नेपाल पहिलो खेलमा घरेलु टोलीसँग १ सय ३ रनले पराजित भएको थियो।

नेपाललले दिएको २ सय २१ रनको लक्ष्य ओमानले १ बल अगावै ९ विकेटको क्षतिमा भेट्टायो।

पहिलो विकेटका लागि ओपनर कश्यप प्रजापपति र जतिन्दर सिंहले ७५ रनको साझेदारी गर्दै ओमानलाई उत्कृष्ट सुरुवात दिलाएका थिए।

जतिन्दर सिहले सर्वाधिक ४१ रन बनाए। प्रजापतिले ३६ रन थपे। कप्तान अकिब इलियासले २९, प्रतिक अथाभाले र सोहेब खानले समान २६ रन बनाए। सकिल अहमद १७ र करिमुल्लाह ६ रनमा अविजित रहे।

नेपालका गुल्सन झा एक्लैले पाँच विकेट लिए पनि टोलीको हार टार्न सकेनन्। गुल्सनले आफ्नो स्पेलमा २ मेडन राख्दै ४७ रन दिएओडीआइमा गुल्सनले पहिलो पटक ५ विकेट लिएका हुन्।

यसअघि सन् २०१९ मा तिव्रगतिका बलर सोमपाल कामीले युएईविरुद्धको ओडीआई खेलमा ५ विकेट लिएका थिए।

करण केसीले २ विकेट झारे। सन्दीप लामिछाने र आरिफ शेखले समान एक विकेट आफ्नो नाममा गरे।

त्यसअघि ओमानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २० रनको योगफल तयार पारेको थियो।

ओमानविरुद्ध खराब सुरुवात गरेको नेपालका लागि कप्तान रोहित पौडेलले नेपालको पारी सम्हालेका थिए।

नेपाल एक समय १३.१ ओभरमा ३–३१ को अवस्थामा थियो। चौथो विकेटका लागि रोहित र आरिफ शेखले ८३ रनको महत्वपुर्ण साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए।

कप्तान रोहितले ७२ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ६० रनको योगदान दिए। ८८ बलमा ३५ रन बनाएका आरिफ शेख ३६.३ ओभरमा क्याच आउट भए।

३५ बलमा ३ चौका र ५ छक्का मद्दतमा ५३ रन बनाएका गुल्सन झा क्याच आउट हुन पुगे। सोमपाल कामी २० रनमा रन आउट भए। आशिफ शेख, भिम सार्की र सन्दीप लामिछानेले समान ११ रन बनाए।

ओमानका लागि अकिब इलियास, फायन बट र करिमुल्लाहले समान २ विकेट लिए। सकिल र सोहेबले समान एक विकेट झारे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]