०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

रविसहित ७ जनाविरुद्ध गृह मन्त्रालयमा उजुरी

Logo
Manoj DC प्रकाशित बुधबार, आश्विन ०२, २०८१

काठमाडौँ । आफूलाई सामाजिक अभियान्ता बताउने युवराज सफलले फेरि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ७ जनाविरुद्ध गृह मन्त्रालयमा उजुरी दिएका छन् । सफल केही समय अघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेर चर्चामा आएका थिए ।

प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानासहित सात जना विरुद्ध गृह मन्त्रालयमा उनले बुधबार उजुरी दिएका हुन् । सफलले उपसभामुख रानासँगै सांसदहरू रवि लामिछाने, डीपी अर्याल, धनराज गुरुङ, शक्ति बस्नेत, योगेश भट्टराई र ऋषिकेश पोखरेलविरुद्ध गृह मन्त्रालयमा उजुरी दिएका हुन् ।

उजुरी दिएकामध्ये लामिछाने रास्वपाका सभापति, अर्याल उपसभापति हुन भने धनराज नेपाली काँग्रेसका उपसभापति हुन् । त्यस्तै बस्नेत माओवादी केन्द्रका उपमहासचिव हुन् । भट्टराई र पोखरेल एमालेका सांसद हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]