०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

मलेसियाको जेलमा हाल १४१ नेपाली, ६ जनालाई जन्मकैद

Logo
Manoj DC प्रकाशित बुधबार, आश्विन ०२, २०८१

क्वालालम्पुर । वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगेका १ सय ४१ जना नेपाली अहिले पनि विभिन्न मुद्दामा जेल जीवन बिताइरहेका छन् । केही कमाउने र परिवारलाई सुख दिने सपना बोकेर त्यहाँ पुगेका उनीहरू विभिन्न मुद्दामा जेल जीवन बिताइरहेका हुन् ।

मलेसियाको पेनाल कोर्टमा ४२ जना नेपाली रहेका छन् । बलात्कार, झैझगडालगायतका मुद्दा उनीहरूमाथि लागेको हो । १५ जनालाई ज्यान मार्ने उद्योगअन्तर्गतको मुद्दा लागेको छ भने ५७ जनालाई इमिग्रेसन कानुन उल्लंघन गरेको आरोप लागेको मलेसियास्थित नेपाली दूतावासले जानकारी दिएकाेछ।

अन्य २१ जना विभिन्न मुद्दामा जेल परेका छन् । यस्तै, ६ जनालाई आजीवन जेल अर्थात् जन्मकैदको फैसला भएकाे छ । आर्थिक वर्ष २०८०–८१ मा मलेसियाको जेलमा ४ सय ८१ नेपाली रहेकामा त्यो संख्या घटेर साउन अन्तिमसम्म आइपुग्दा १ सय ४१ मात्र रहेको दूतावासले जानकारी दिएकाेछ। ।

साथीभाइसँगको कुलत र छिट्टै धनी बन्ने महत्वाकांक्षाका कारण नेपाली कामदार फस्ने गरेकाछन। मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाइ, व्यवहारजन्य समस्यालगायत कारण नेपाली जेल पर्ने गरेका छन् ।

मलेसियास्थित नेपाली दूतावासले गैरकानुनी नबन्न र कम्पनी छोडेर नभाग्न अनुरोध गर्दै आएको छ । गैरकानुनी रूपमा बसेकाले बिरामी परेमा अस्पतालले भर्ना लिन नमान्ने, सामाजिक सुरक्षा कोष (सोक्सो)ले सहयोग नगर्ने तथा इमिग्रेसनले पक्राउ गरेको अवस्थामा करिब तीन महिनासम्म कैद सजाय हुने र कैद भुक्तानपछि डिपोर्ट गर्ने गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]