०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

सर्वाधिक डाउनलोड हाम्रो पात्रो एपको स्वरूप नै परिवर्तन हुँदै, यस्तो देखियो बेटा भर्सन

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, आश्विन ०१, २०८१

काठमाडौं । सर्वाधिक डाउनलोड भएको नेपाली एप ‘हाम्रोपात्रो’मा अहिलेसम्मकै ठूलो अपडेट आउन लागेको छ । नयाँ अपडेटमा हाम्रोपात्रोको सम्पूर्ण स्वरूप नै परिवर्तन हुन लागेको हो ।

अहिलेको हाम्रोपात्रोको डिजाइन र नयाँ अपडेटको डिजाइनमा धेरै भिन्नता पाउन सकिन्छ । यूएक्स (युजर एक्सपिरियन्स) र यूआई (युजर इन्टरफेस)मा ठूलो भिन्नता छन् । झट्ट हेर्दा अहिलेको डिजाइनसँग युजर इन्टरफेस मेल खाँदैन ।

नयाँ अपडेटमा एप खोल्नासाथ नयाँ डिजाइनको होमपेज देखिन्छ । यस अपडेटमा फुटर थपिएको छ । फुटरमा होम, पात्रो, अन्य र थप लगायतका अप्सनहरू राखिएका छन् । फुटर स्टिकी बनाइएको छ भने हेडर फुटरका अप्सनहरू छनोट गर्दा मात्र स्टिकी देखिन्छ । अर्थात् कन्टेन्ट स्क्रोल गर्दा हेडर हराउँछ । पुरानो अपडेटमा भने माथिपट्टि स्क्रोल गर्दा हेडर देखिन्छ ।

यस्तो हेडरलाई स्क्रोल डिपेन्डेबल हेडर भनिन्छ । नयाँ अपडेटमा हेडर गायब हुने भएकाले स्पेस बढी छ । हेडर नहुँदा बढी स्पेस हुनुका साथै प्रयोगकर्ताको ध्यान कन्टेन्टमै केन्द्रित हुन्छ भन्ने मान्यता छ ।

अहिलेको हेडरको बायाँपट्टि तीन ओटा बार, त्यसपछि युजरको प्रोफाइल र हाम्रोपात्रोको लोगो छ । त्यसपछि दायाँपट्टि इनबक्स, थिम र भाषाको अप्सन छ । यसलाई हेर्दा हेडरमा कम्पनीले धेरै आइकन समावेश गर्न खोजेको जस्तो देखिन्छ ।

नयाँ डिजाइनमा भने हेडर साधारण र सुहाउँदो किसिमको छ । त्यसको दायाँपट्टि मेनु र हाम्रोपात्रोको लोगो रहेको देख्न सकिन्छ । त्यसको दायाँपट्टि प्रयोगकर्ताको प्रोफाइल र छेउमा भाषाको अप्सन रहेको छ । होमपेजमा हेडरको तलपट्टि सर्च बक्स देख्न सकिन्छ । यसअघि हाम्रोपात्रोमा सर्च गर्ने सुविधा थिएन । यो नयाँ अपडेटमा आउने फिचर हो । सर्चबक्सबाट इभेन्ट, मिति, कार्यक्रम र अन्य सेवाहरू खोज्न सकिन्छ ।

पुरानो अपडेटमा भने हेडरको तलपट्टि विज्ञापनको सेक्सन छ । त्यसपछि आजको मितिमा के के परेको छ भन्ने सूची छ । नयाँ अपडेटमा सर्च बारको तलपट्टि ब्यानर छ । त्यसमा प्रयोगकर्तालाई स्वागत गरेको टेक्स्ट राखिएको छ । त्यसको तलपट्टि त्यसदिन केकस्ता चाडबाड परेका छन् भन्ने देखिन्छ । यो सेक्सनलाई स्लाइड गर्न सकिन्छ । स्लाइड गर्दा क्यालेन्डर, आउँदा दिनहरू, पात्रो, विभिन्न देशको समय, आफ्ना इभेन्टहरू र कार्ड व्यवस्थापन गर्ने अप्सन देखिन्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]