०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

सिके राउतको चरित्र हत्या र श्रीमतीलाई मानसिक यातना दिएको भन्दै पत्रकारसहित चारविरुद्ध मुद्दा दायर

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, आश्विन ०१, २०८१

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले आफ्नो चरित्र हत्या र श्रीमती सोनी सिन्धु रानीलाई मानसिक यातना दिएको आरोपमा चारजनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्।

डा. सिके राउतले वारेस काठमाडौं महानगरपालिका १० बस्ने २४ वर्षीय सुमन न्यौपानेमार्फत काठमाण्डौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन्। न्यौपानेमार्फत दायर गरिएको गाली बेइज्जती मुद्दामा तीन वर्षको कैद सजाय माग गरिएको छ। फिरादपत्रमा उल्लेख भएअनुसार, आरोपीहरुले सुनियोजित रुपमा समाचार लेखेर तथा श्रीमतीलाई पटक-पटक फोन गरी मानसिक यातना दिएको बताइएको छ। डा. राउतको श्रीमतीलाई अनाहकको तनाव दिने, फोनमार्फत गलत प्रश्न सोध्दै विक्षिप्त बनाउने प्रयास गरिएको आरोप लगाइएको छ।

मुद्दामा रक्तमाला पब्लिकेशन्स तथा शीर्ष खबर प्रा.लिका सम्पादक र पत्रकारलाई समेत आरोपी बनाइएको छ, उनीहरुले डा. राउतको चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचार लेखेको आरोप छ। यसबाहेक सप्तरी जिल्लाका दुई व्यक्तिविरुद्ध पनि, ती समाचारहरु सामाजिक सञ्जालमा शेयर गरी चरित्र हत्या गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ।

डा. राउतकी श्रीमती मानसिक रूपमा अस्वस्थ रहँदै आएकी र उनलाई थप मानसिक यातना दिने उद्देश्यले बारम्बार फोन गरिएपछि मुद्दा दायर गर्नुपरेको फिरादपत्रमा उल्लेख गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]