०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

विश्वभरका ह्याकरसँग फाइनलमा भिड्दै नेपाली पाँच जना ह्याकर ह्याकर टोली*

Logo
Manoj DC प्रकाशित सोमबार, भाद्र ३१, २०८१

काठमाडौं । विश्वभरका इथिकल ह्याकरहरूको प्रतिस्पर्धा ‘क्याप्चर द फ्ल्याग’ (सीटीएफ) मा नेपालका पाँच जना ह्याकर छनोट भएका छन् । २ सेप्टेम्बरमा १५ सय टिमबिच अनलाइनमा भएकाे क्वालिफायर राउन्डमा ३७ औं स्थानमा परेर नेपाली ह्याकरको समूह ‘ह्याक एट सेक’ फाइनल चरणका लागि छनोट भएको हो ।

सीटीएफ इथिकल ह्याकरहरूबिच हुने प्रतिस्पर्धा हो, जसकाे आयोजनाका लागि ब्ल्याक ह्याट एमईए (मिडल इस्ट एन्ड अफ्रिका) नामक संस्थाले साउदी फेडेरेसन फर साइबर सेक्युरिटी एन्ड प्रोग्रामिङ (एसएएफसीएसपी) र फ्ल्यागयार्डसँग सहकार्य गरेकाे छ । अन्तिम चरणको प्रतिस्पर्धाका लागि विश्वभरबाट ‍१,००० बढी टिमका ५,३०० बढी ह्याकर सहभागी भएका थिए । त्यसबाट २०० टिम छनोट भएका छन् । अब २५० टिमका हजारभन्दा बढी ह्याकरसँग पाँच नेपाली ह्याकरले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाललाई प्रतिनिधित्व गर्दै अन्तिम चरणमा छनोट भएको टिम ‘ह्याक एट सेक’ (Hack@Sec) मा विशाल अर्याल, प्रशान्त श्रेष्ठ, रोमियो कार्की, अनिश भट्टराई र प्रदीप भट्टराई रहेका छन् । टिम लिडर विशाल अर्यालका अनुसार यस प्रतिस्पर्धामा सहभागी हुन भिजाका लागि आवेदन दिई सकेका छौं । “हामीले भिजाका लागि अप्लाइ गरिसकेका छौं । छिट्टै आउँछ होला,” टेकपानासँग कुरा गर्दै अर्यालले सुनाए ।

प्रतिस्पर्धाको फाइनल २६ देखि २८ नोभेम्बरमा साउदी अरेबियाको ‘रियाद एक्जिबिसन एन्ड कन्भेन्सन सेन्टर’मा हुनेछ । “पहिलेको भन्दा यसपालि धेरै राम्रो भएको छ । हाम्रो मनोबल बढेको छ । जित्ने सम्भावना पनि उच्च छ,” अर्यालले अगाडि भने, “हामी पहिले ८६ औं स्थानमा परेका थियौं । अहिले ३७ औं वरियतामा परेका छौं । यो हाम्रा लागि धेरै खुसीको कुरा हो ।”

प्रतिस्पर्धाका दौरान छनौट भएका सम्पूर्ण ह्याकरको टिमलाई आयोजकले विभिन्न सिस्टम उपलब्ध गराएको हुन्छ । र, उनीहरूले त्यही सिस्टमका कमजोरी पत्ता लगाएर ‘सीटीएफ’ सङ्कलन गर्नुपर्ने हुन्छ । जसले सबैभन्दा बढी सीटीएफ पोइन्ट सङ्कलन गर्‍यो, उ नै विजेता बन्नेछ ।

विजेताले पुरस्कार स्वरूप साढे सात लाख साउदी रियाल (करिब दुई करोड ६७ लाख रुपैयाँ) पाउनेछन् । “छनाेट चरणमा पनि हामीलाई विभिन्न सिस्टम दिइएका थिए, त्यसमा कमजोरी पत्ता लगाएर सीटीएफ पोइन्ट कलेक्ट गर्नुपर्ने थियो,” उनले भने, “यदि विश्वको शीर्ष १० मा परेको भए हाम्रो उडान खर्च र बस्ने खर्च आयोजकले नै ब्यहोर्ने थियो । तर, हामी शीर्ष ३७ मा परेकाले फाइनलमा सहभागी हुन पायौं । यसमा अन्य खर्च आफैंले व्यहोर्नुपर्ने हुन्छ ।”

यसका लागि टिमले अहिले प्रायोजक (स्पोन्सर) खोजिरहेको छ । नेपालमा ईस्पोर्टलाई प्रवर्द्धन गर्न सरकारी निकाय पछि रहेको उनको गुनासो छ । अर्यालले अगाडि भने, “नेपालीहरू ठुला ठुला ह्याकिङ प्रतिस्पर्धामा सहभागी भइरहेका हुन्छन् । तर, यसलाई प्रवर्द्धन गर्न गाह्रो भइरहेको छ । सरकारी स्तरबाट नै ईस्पोर्सट्सलाई सहयोग हुन जरुरी छ ।”

साइबर सुरक्षामा रुचि राख्ने हजारौं मानिसहरू माझ यो टिम प्रतिस्पर्धा गर्दैछ । साइबर सुरक्षाको क्षेत्रमा नेपाललाई प्रतिनिधित्व गर्न जानु गौरवको विषय भएको उनी सुनाउँछन् । “भिजुअल वा अन्य रूपमा हामीलाई प्रायोजन गर्नेहरूको प्रचार गरिदिन सक्छौं । यति ठुलो कार्यक्रममा छनौट हुनु र देशको प्रतिनिधित्व गरेर जानु आफैंमा सम्पूर्ण नेपालीका लागि खुसीको कुरा हो । यसले आगामी पुस्तालाई पनि इथिकल ह्याकिङमा सक्रिय हुन प्रेरित गर्छ,” अर्याल थप्छन् ।

टिम ‘ह्याक एट सेक’लाई प्रयोजन गर्न ईमेल गर्न ([email protected]) अथवा यहाँ क्लिक गरी लिङ्क्डइनमा जोडिन जोडिएर सम्पर्क गर्न सकिनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]