०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

उपसभापति धनराज गुरुङले सहकारीको ८१ लाख ऋण तिरेको खुलासा

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, भाद्र २८, २०८१

काठमाडौं– सहकारीमा आफ्नो संलग्नता नभई पूर्वपत्नीको मात्र संलग्नता रहेको दाबी गर्दै आएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिड कोअपरेटिभको ८१ लाख रुपैयाँ ऋण तिरेको खुलेको छ ।

उनले आफ्नो नाममा लिएको उक्त परिमाणको ऋण तिरेको खुलेको हो । ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले खबरहबलाई बताएअनुसार धनराजले ८१ लाख रुपैयाँ ऋण गत जेठ ६ गते तिरेका हुन् । धनराजका नाममा तिरिएको ऋणको भौचर खबरहबलाई प्राप्त भएको छ ।

उनले त्यसपछि अरू रकम भने नतिरेको कुम्भराजले खबरहबलाई बताएका छन् । आफ्नो सहकारीबाट धनराज दम्पतीले करिब १४ करोड रुपैयाँ लगे पनि उनी र उनकी श्रीमती ज्योति अहिले सम्पर्कविहीन भएको दाबी कुम्भराजले गरे ।

धनराजले साढे ४ वर्षअघि नै सम्बन्ध विच्छेद गरिसकेकी श्रीमतीले ऋण लिएको जिकिर गरिरहे पनि शुक्रबार खबरहबको सम्पर्कमा आएका कुम्भराजले गत वैशाख र जेठमा सहकारीकाे खातामा ८१ लाख रुपैयाँ धनराजले पठाएको दाबी गरे ।

‘उहाँकी श्रीमतीलाई मैले विदेश पठाएको आरोप पनि मलाई लगाएका रहेछन्, नाटक गरिरहेका छन्’, उनले भने, ‘८२ वर्षको भएँ, अब स्वर्ग जानेबेला भएको बुढो मान्छेले किन ढाँट्नु । ज्योति र धनराज मिलेर मलाई फसाए, सहकारी पनि डुबाए ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]