०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

नेपालले अमेरिकामा खेल्ने आईसीसी विश्वकप लिग-२ को खेल तालिका सार्वजनिक

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, भाद्र २७, २०८१

काठमाडौं । नेपालले अमेरिकामा खेल्ने आईसीसी विश्वकप लिग-२ को खेल तालिका सार्वजनिक गरेको छ । लिग–२ मा नेपालले खेल्ने सबै खेलहरु प्रेरिरी भ्यू ह्युस्टनमा राति १०ः १५ मा सुरु हुनेछन् । नेपाल, अमेरिका र स्कटल्यान्डबीच लिग–२ मा प्रतिस्पर्धा हुनेछ ।

नेपालले पहिलो खेल २७ अक्टोबरमा अमेरिकासँग खेल्नेछ । दोस्रो खेल स्कटल्यान्डसँग २९ अक्टोबरमा र तेस्रो खेल २ नोभेम्बरमा अमेरिकासँग खेल्नेछ । त्यस्तै ४ नोभेम्बरमा स्कटल्यान्डसँग खेल्नेछ ।

त्यसपछि यी तीन टोलीबीच टी–२० सिरिज हुनेछ । लिग–२ र त्रिकोणात्मक टी–२० आई सिरिज खेल्न नेपाली टोली मंगलबार राति क्यानडातर्फ गइसकेको छ । नेपालले लिग २ मा क्यानडासँग १६ र २२ सेप्टेम्बरमा खेल्नेछ । त्यस्तै ओमानसँग १८ र २४ सेप्टेम्बरमा लिग–२ मा प्रतिस्पर्धा गर्नेछ ।

त्यसपछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी–२० आई सिरिज पनि हुनेछ । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजमा २८ सेप्टेम्बरमा क्यानडा, २९ मा ओमान, १ अक्टोबरमा क्यानडा र २ अक्टोबरमा ओमानसँग खेल्नेछ । क्यानडामा यी खेल सकिएपछि नेपाली टोली अमेरिका जानेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]