०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

नेपाली कथानक चलचित्र ‘नाङ्गो गाउँ’ युट्युबमा सार्वजनिक

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, भाद्र २१, २०८१

काठमाडौं । नेपाली कथानक चलचित्र ‘नाङ्गो गाउँ’ युट्युबमा सार्वजनिक भएको छ । बूढासुब्बा डिजिटलले तीजको अवसर पारी शुक्रबार यो चलचित्र युट्युबमा सार्वजिक गरेको हो ।

दयाहाङ राईको मुख्य भूमिका रहेको यो चलचित्र गत वर्षको २९ भदौमा चलचित्र घरहरूमा प्रदर्शनमा आएको थियो । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा दयाहाङसहित मिरुना मगर, शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रविन्द्र झा, विशाल पहारी लगायतले अभिनय गरेका छन् ।

चलचित्रमा गाउँमा हुने राजनीतिक गतिविधिलाई प्रस्तुत गर्न खोजिएको छ ।

यो चलचित्र केही समयअघि ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमाजमा सार्वजनिक भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]