०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

एनसेल एपमा अबदेखि पुलिस रिपोर्टको सुविधा, डेटा निःशुल्क

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, भाद्र २०, २०८१

काठमाडौं । एनसेल एपमा नयाँ सुविधा थप भएको छ । ग्राहकले अब यो एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र अर्थात् पुलिस रिपोर्ट लिनका लागि आवेदन दिनसक्ने छन् । ‘सधैं अन’ प्रति कम्पनीको प्रतिबद्धता र ग्राहकको अनुभवलाई अझै अभिवृद्धि गर्दै लैजाने योजना अनुरूप पुलिस रिपोर्टका लागि आवेदन दर्ताको सुविधा थपेको कम्पनीले जनाएको छ ।

प्रयोगकताले पुलिस रिपोर्टको लागि सिधै एपमार्फत आवेदन दिएर अनलाइनबाट आफ्नो रिपोर्ट प्राप्त गर्न सक्छन् । साउन २९ गतेदेखि लागु हुनेगरी एनसेलले नेपाल प्रहरीको वेबसाइटलाई आफ्नो नेटवर्कमा बिना कुनै डेटा शुल्क चल्नेगरी निःशुल्क बनाएको थियो । यसअन्तर्गत प्रहरीमा उजुरी, पुलिस रिपोर्टका लागि अनलाइन आवेदन लगायतका सेवा लिन इन्टरनेटको पैसा लाग्ने छैन ।

“एक जिम्मेवार कर्पोरेट नागरिकको हैसियतले नेपाल प्रहरीसँगको सकहार्यमा विभिन्न सार्वजनिक सेवाहरू डिजिटल रूपमा हाम्रो ग्राहकमैत्री एनसेल एपमार्फत उपलब्ध गराउन पाउँदा खुसी छौं । यदि हामीले डिजिटल समाज र देशको परिकल्पना गर्छौं भने यस्ता पहलहरू आधारभूत आवश्यकताहरू हुन्,” एनसेलका चिफ रेगुलेटरी अफिसर विशाल उपाध्यायले भने ।

लामो वा छोटो समयका लागि देशबाहिर रोमिङमा रहेका नेपालीहरूका लागि पनि एनसेल एपले एकदमै महत्त्व राख्ने कम्पनीले जनाएको छ । रोमिङका बेलामा ग्राहकले सजिलै रिचार्ज गर्न, प्याकहरू किन्न र आफू देशबाहिर भए पनि सहजै सम्पर्कमा रहन सक्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं – देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहे पनि शिक्षाका नाममा ठूलो रकम विदेशिने क्रम बढ्दो देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांकअनुसार शिक्षातर्फको व्यय रु ४२ अर्ब ९६ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय रु ३२ अर्ब २२ करोड रहेको थियो। […]

क्वालालम्पुर (मलेसिया) – नेपालमा हर्कराज साम्पाङ राईको नेतृत्वमा स्थापित श्रम संस्कृति पार्टीको प्रवास संगठन मलेसियामा पनि औपचारिक रूपमा गठन गरिएको छ। आइतबार राजधानी क्वालालम्पुरमा “देश सोच्न सकूँ, म देश बोल्न सकूँ, देशकै कर्म गर्न सकूँ, म देशकै लागि मर्न सकूँ” भन्ने मूल नारासहित आयोजना गरिएको श्रमदाता–श्रमिक भेला मार्फत पार्टीको मलेसिया प्रवास संगठन स्थापना गरिएको हो। […]

काठमाडौँ – नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मंगलबार मतदान हुँदैछ। एमाले केन्द्रीय निर्वाचन आयोगले दिउँसो १ बजेदेखि बेलुका ७ बजेसम्म मतदान समय तोकेको छ। मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरिएको छ। महाधिवेशनअन्तर्गत पार्टी अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर […]