०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

सामाजिक सञ्जालमा अनावसेक भ्रामक सूचना शेयर गरे कारबाही हुन्छः साइबर ब्युरो

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, भाद्र २०, २०८१

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न डिजिटल प्लेटफर्मबाट भ्रामक सूचना र गलत तथ्यहरूको प्रसार बढ्दै गइरहेको भन्दै साइबर ब्युरोले सजग रहन अनुरोध गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै ब्युरोले सर्वसाधारणलाई भ्रामक सूचनाबाट जोगिन तथा त्यस्ता सामग्री शेयर नगर्न अनुरोध गरेको हो ।

नागरिकहरू जानीनजानी यस्तो गतिविधिमा संलग्न हुँदा सामाजिक सद्भाव खलबलिने तथा समाजमा उदण्डता र अस्थिरता निम्तिन सक्ने भन्दै ब्युरोले सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ । सूचना तथा प्रविधिको जिम्मेवार प्रयोग नगरे कानुनी कारवाहीको सामना गर्नुपर्ने ब्युरोले चेतावनी दिएको छ ।

“कानुनको अज्ञानता कुनै पनि अवस्थामा क्षम्य हुँदैन । त्यसैले नागरिकहरूलाई सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरूको मर्यादित र जिम्मेवार प्रयोग गर्न आग्रह गर्दछौं,” ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

मलेसिया – किराँत याक्थुङ चुम्लुङ (केवाईसी) जोहोर, मलेसियाले आफ्नो प्रथम अधिवेशन–२०२६ आयोजना गर्ने भएको छ। संस्थाका अनुसार “भाषा बाँचे संस्कृति बाँच्छ, संस्कृति बाँचे माटो बोल्छ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा विदेशमा रहेर पनि आफ्नो कार्यव्यस्तताका बाबजुद लिम्बू समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणमा संगीत क्षेत्रमार्फत योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गरिनेछ। […]

क्वालालम्पुर, मलेसिया – मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकहरूले नेपाली राजदूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्ने मात्र नभई कम्पनीहरूमा प्रत्यक्ष पुगेर श्रमिकहरूको वास्तविक अवस्था बुझ्नुपर्ने आवश्यकता औंल्याएका छन्। मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकले अझै पनि आफ्नो राहदानी (पासपोर्ट) आफूसँग नरहेको बताएका छन्। श्रमिकहरूका अनुसार केही कम्पनीहरूले कामदारले कुनै कामका लागि पासपोर्ट माग्दा RM २,००० देखि RM […]