०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

एकीकृत समाजवादीका ३१ नेताले एकैचोटि छाडे पार्टी

Logo
HeroNepal-tv प्रकाशित आइतबार, आश्विन १४, २०८०

नेकपा एकीकृत समाजवादीका पूर्वी नवलपरासी जिल्ला अध्यक्षसहित ३१ जना नेताले पार्टी छाडेका छन्।

संयुक्त विज्ञप्ति जारी गरी पार्टी परित्यागको घोषणा गर्ने नेतामा जिल्लादेखि प्रदेश तहसम्मका नेता छन्।

जिल्ला अध्यक्ष झविलाल रानासहितका नेताले जारी गरेको संयुक्त विज्ञप्तिमा कम्युनिस्ट विचारधाराबाट विचलन नहुने तर नेकपा एकीकृत समाजवादीबाट राजीनामा दिएको उल्लेख गरेका छन्।

जिल्लामा प्रदेश अधिवेशनको समयमा पार्टीको जिल्ला इन्चार्ज र जिम्मेवारीको विषमा असन्तुष्ट उनीहरूले यस विषयमा केन्द्रीय तथा प्रदेश कमिटीलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएकाले पार्टी छाडेको बताएका छन्।

पार्टी छाड्नेमा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष झविलाल राना, उपाध्यक्ष तथा युवा संघका जिल्ला इन्चार्ज प्रेमनारायण पाण्डे, जिल्ला कमिटी उपसचिव हुमकान्त पराजुली, गोविन्द सुनार, प्रदेश कमिटी सदस्य श्यामप्रसाद भुर्तेल, खगराज कंडेल, रामप्रसाद पाण्डे, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य खगेन्द्र पराजुली, युवा संघका जिल्ला अध्यक्ष सुन्दरजंग कुँवरलगायत छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]