२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

एकीकृत समाजवादीका ३१ नेताले एकैचोटि छाडे पार्टी

Logo
HeroNepal-tv प्रकाशित आइतबार, आश्विन १४, २०८०

नेकपा एकीकृत समाजवादीका पूर्वी नवलपरासी जिल्ला अध्यक्षसहित ३१ जना नेताले पार्टी छाडेका छन्।

संयुक्त विज्ञप्ति जारी गरी पार्टी परित्यागको घोषणा गर्ने नेतामा जिल्लादेखि प्रदेश तहसम्मका नेता छन्।

जिल्ला अध्यक्ष झविलाल रानासहितका नेताले जारी गरेको संयुक्त विज्ञप्तिमा कम्युनिस्ट विचारधाराबाट विचलन नहुने तर नेकपा एकीकृत समाजवादीबाट राजीनामा दिएको उल्लेख गरेका छन्।

जिल्लामा प्रदेश अधिवेशनको समयमा पार्टीको जिल्ला इन्चार्ज र जिम्मेवारीको विषमा असन्तुष्ट उनीहरूले यस विषयमा केन्द्रीय तथा प्रदेश कमिटीलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएकाले पार्टी छाडेको बताएका छन्।

पार्टी छाड्नेमा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष झविलाल राना, उपाध्यक्ष तथा युवा संघका जिल्ला इन्चार्ज प्रेमनारायण पाण्डे, जिल्ला कमिटी उपसचिव हुमकान्त पराजुली, गोविन्द सुनार, प्रदेश कमिटी सदस्य श्यामप्रसाद भुर्तेल, खगराज कंडेल, रामप्रसाद पाण्डे, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य खगेन्द्र पराजुली, युवा संघका जिल्ला अध्यक्ष सुन्दरजंग कुँवरलगायत छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]