०८ बैशाख २०८३, मंगलबार
21-04-2026 , Tue
×

अभिनेता अनमोल केसी ठगी गरेको आरोपमा पक्राउ

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, आश्विन १२, २०८०

काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगी गरेको आरोपमा केसी पक्राउ परेका हुन् । केसीलाई भक्तपुरको साँगाबाट पक्राउ गरिएको स्रोतले बतायो ।

केसी ‘रामायण’ फिल्मका लागि दस लाख एड्भान्स लिएर साइन गरेका थिए । तर, आफूले साइन गर्दै नगरेको, फिल्ममा सम्झौता नै नभएको भनेर हिँड्दै आएपछि फिल्मकी निर्माता सुप्रिया कटुवालले प्रहरी अपराध महाशाखा बानेश्वरमा असाेज ८ गते उजुरी दिएकी थिइन् ।

त्यही उजुरीका आधारमा अभिनेता केसी पक्राउ परेका हुन् । केसीले सुदर्शन थापाको निर्देशनमा बन्न लागेको यस फिल्ममा सम्झौता गरेका थिए । तर ‘रामायण’लाई छाडेर ‘फर्की फर्की’मा केसीले काम गर्ने पक्का भएपछि आफूलाई धोका दिइएको भन्दै निर्माता कटुवालले उजुरी दिएकी थिइन् । त्यही उजुरीका आधारमा केसी पक्राउ परेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बजारमा चर्चा छ कि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले २४ घण्टाभित्रै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराउने व्यवस्था लागू गरेको छ। अर्थात्, सेवाग्राहीले ट्रायल पास गरेको भोलिपल्टै लाइसेन्स पाउने भनिएको छ। रास्वपा सरकार गठन भएलगत्तै यस्तो द्रुत सेवा कसरी सम्भव भयो? अघिल्ला सरकारले किन यस्तो गर्न सकेनन्? पहिले ट्रायल पास गरेपछि नवीकरणको समयसम्म पनि लाइसेन्स […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पाटि (रास्वपा) भित्र पछिल्लो समय संसदीय जिम्मेवारी तथा पद बाँडफाँटप्रति केही सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन्। यसपटक निर्वाचित एक सांसदले “सांसद बन्न सफल भएका कतिपयलाई जिम्मेवारीबाट छुटाइएको” भन्दै गुनासो गरेका छन्। संसदीय समितिमा पनि उस्तै असन्तुष्टि गत ३ वैशाख मा बसेको संसदीय दलको बैठकले संसदीय समितिका सभापतिहरूको नाम चयन गरेको थियो। […]

क्वालालम्पुर । Non-Resident Nepali Association Malaysia ले अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा नेपाली नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ। संघका अनुसार उक्त कार्यक्रम आगामी १ मे २०२६ का दिन दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म Hotel Grand Continental Kuala Lumpur मा आयोजना गरिनेछ। मलेसियामा कार्यरत नेपाली श्रमिक, विभिन्न सामाजिक संघ–संस्थाका […]