०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

बागलुङमा पहिरोमा परी आठजनाको मृत्यु, दुई बेपत्ता चार जना घाइते

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, साउन २२, २०८१

बागलुङमा सोमबार रातिदेखिको अविरल वर्षाका कारण पहिरो जाँदा बागलुङमा आठजनाको मृत्यु भएको छ। जिल्लाको बाडिगाड गाउँपालिका—९ बलघाँस भन्ने ठाउँमा घरमाथिबाट आएको पहिरोमा पुरिएर स्थानीय १५ वर्षीया विधान परियार र २४ वर्षीया गंगा बस्नेतको मृत्यु भएको हो।

त्यसैगरी बडिगाड गाउँपालिकाकै वडा नं. १० को आरुपाटा भन्ने स्थानमा जोगलाल बुढाको घरमाथिबाट आएको पहिरोमा परी ६ जनाको मृत्यु भएको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन्। पहिरोमा परी मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन्।

पहिरोमा परी मृत्यु हुनेमा ७ वर्षीया मालती बुढा र मधु बुढा, ६ महिनाकी सन्जु विक, १२ वर्षीय मनोज बुढा, १२ वर्षकै अमन बुढा र ५९ वर्षकी मैतीदेवी बिक रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक विजय यादवले जानकारी दिए। पहिरोमा परी चारजना घाइते भएका छन् भने २ जना बेपत्ता भएका छन्।

घाइते हुनेमा स्थानीय ४६ वर्षीया संगिता बुढा, ५९ वर्षीया सुमित्रा विक, ३२ वर्षीया सिता थापा र ४२ वर्षीय मंगलसिंह बुढा रहेका प्रहरीले जनाएको छ। घटनास्थलमा केही समय अगाडी मात्र प्रहरी र जनप्रतिनिधि पुगेको बताइएको छ।

घाईतेको नेपाली सेनाको हेलिप्टरबाट उपचारका लागि काठमाण्डौ लैजाने तयारी भएको गाउँपालिका अध्यक्ष अधिकारीले जानकारी दिइन्। वर्षाका कारण घटनास्थल पुग्ने सडकहरु अवरुद्ध हुँदा उद्धारमा कठिनाई भएको उनको भनाइ छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]