०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

बागलुङमा पहिरोमा परी आठजनाको मृत्यु, दुई बेपत्ता चार जना घाइते

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, साउन २२, २०८१

बागलुङमा सोमबार रातिदेखिको अविरल वर्षाका कारण पहिरो जाँदा बागलुङमा आठजनाको मृत्यु भएको छ। जिल्लाको बाडिगाड गाउँपालिका—९ बलघाँस भन्ने ठाउँमा घरमाथिबाट आएको पहिरोमा पुरिएर स्थानीय १५ वर्षीया विधान परियार र २४ वर्षीया गंगा बस्नेतको मृत्यु भएको हो।

त्यसैगरी बडिगाड गाउँपालिकाकै वडा नं. १० को आरुपाटा भन्ने स्थानमा जोगलाल बुढाको घरमाथिबाट आएको पहिरोमा परी ६ जनाको मृत्यु भएको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन्। पहिरोमा परी मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन्।

पहिरोमा परी मृत्यु हुनेमा ७ वर्षीया मालती बुढा र मधु बुढा, ६ महिनाकी सन्जु विक, १२ वर्षीय मनोज बुढा, १२ वर्षकै अमन बुढा र ५९ वर्षकी मैतीदेवी बिक रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक विजय यादवले जानकारी दिए। पहिरोमा परी चारजना घाइते भएका छन् भने २ जना बेपत्ता भएका छन्।

घाइते हुनेमा स्थानीय ४६ वर्षीया संगिता बुढा, ५९ वर्षीया सुमित्रा विक, ३२ वर्षीया सिता थापा र ४२ वर्षीय मंगलसिंह बुढा रहेका प्रहरीले जनाएको छ। घटनास्थलमा केही समय अगाडी मात्र प्रहरी र जनप्रतिनिधि पुगेको बताइएको छ।

घाईतेको नेपाली सेनाको हेलिप्टरबाट उपचारका लागि काठमाण्डौ लैजाने तयारी भएको गाउँपालिका अध्यक्ष अधिकारीले जानकारी दिइन्। वर्षाका कारण घटनास्थल पुग्ने सडकहरु अवरुद्ध हुँदा उद्धारमा कठिनाई भएको उनको भनाइ छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं – देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहे पनि शिक्षाका नाममा ठूलो रकम विदेशिने क्रम बढ्दो देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांकअनुसार शिक्षातर्फको व्यय रु ४२ अर्ब ९६ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय रु ३२ अर्ब २२ करोड रहेको थियो। […]

क्वालालम्पुर (मलेसिया) – नेपालमा हर्कराज साम्पाङ राईको नेतृत्वमा स्थापित श्रम संस्कृति पार्टीको प्रवास संगठन मलेसियामा पनि औपचारिक रूपमा गठन गरिएको छ। आइतबार राजधानी क्वालालम्पुरमा “देश सोच्न सकूँ, म देश बोल्न सकूँ, देशकै कर्म गर्न सकूँ, म देशकै लागि मर्न सकूँ” भन्ने मूल नारासहित आयोजना गरिएको श्रमदाता–श्रमिक भेला मार्फत पार्टीको मलेसिया प्रवास संगठन स्थापना गरिएको हो। […]

काठमाडौँ – नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मंगलबार मतदान हुँदैछ। एमाले केन्द्रीय निर्वाचन आयोगले दिउँसो १ बजेदेखि बेलुका ७ बजेसम्म मतदान समय तोकेको छ। मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरिएको छ। महाधिवेशनअन्तर्गत पार्टी अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर […]