०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

माओवादी केन्द्रले गर्याे आसन्न २०८४ को चुनाव एक्लै लड्ने निर्णय

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, साउन १५, २०८१

नेकपा (माओवादी केन्द्र)ले आसन्न २०८४ को चुनाव एक्लै लड्ने निर्णय गरेको छ । चार दिन चलेको पदाधिकारी बैठकबारे जानकारी दिँदै मंगलवार प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीका विचार जनतासँग सोझै पुगोस् भन्ने हेतुले अर्को चुनाव एक्लै लड्ने गरी अगाडि बढ्ने निर्णय गरिएको बताए ।

‘हामो सरकारले शुरू गरेका सामाजिक न्यायका मुद्दालाई गम्भीरतापूर्वक उठाउने ,भ्रष्टाचारविरोधी अभियानलाई अगाडि बढाउने र एक्लै चुनाव लड्ने गरी तयारी गर्ने विषयमा हामीले निर्णय गरेका छौं,’ बैठकपछि उनले भने, ‘जसले गर्दा हाम्रा विचार राजनीतिक कार्यदिशा, जनतामा सोझै पुग्न सकोस् । गठबन्धन गर्दा त्यहाँभित्रका अरु पार्टीका राजनीतिक दृष्टिकोणको पनि कुरा गर्नुपर्ने हुन्छ । यसैले यो आफ्नै कुरा लाने सुवर्ण अवसर पनि हो ।’

 

जनतासँग टुटेको सम्बन्ध स्थापित गर्न जनताबीच जाने निर्णय गर्नुपरेको प्रवक्ता सापकोटाले बताए ।

 

‘हामो वर्गसितको सम्बन्ध खुकुलो हुन पुग्यो । कडी टुटेकोजस्तो भएको छ, जनताका सुखदुःख नोजोडिएको जस्तो देखिएपछि जनतामा जाने निर्णय गरेका हौं,’ उनले भने ।

समापन बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि जनतासँगको कडी टुटेको भन्दै अब आफू सुखदुःख बुझ्न निस्कने बताए ।

‘जनतासँगको सम्बन्धको कडी टुटेको छ । एकपटक जनतासँग एकाकार हुन मन छ । सुखुदुःखका कुरा सुन्न देशैभर जान मन छ भन्नुभएको छ,’ सापकोटाले भने, ‘यो कार्यक्रम केन्द्रीय समितिको बैठकपछि हुन्छ । उहाँले जोड दिएर म एकपल्ट देशव्यापी जनताको माझमा जान्छु । जनताको कुरा सुनेपछि विचार संश्लेषणतिर जान्छु भन्नभएको छ ।’

कम्युनिस्ट एकता गर्ने र धेरै अगाडिसम्म जाने गरी नेकपा (एमाले)सँग मिलेर सरकार बनाए पनि धोका पाएको माओवादीको भनाइ छ ।

‘पहिलो समीकरणमा धेरै ठूलो अवसर थियो । कम्युनिस्ट पार्टीबीच एकता भएपछि धेरै अगाडिसम्म जान सकिन्छ भन्ने थियो । त्यो रक्षा गर्न गर्न सकेनौं । एमालेले नै त्यो समीकरण तोड्ने काम गर्यो,’ उनले भने, ‘एमाले हामीसँगको सरकार तोडेर नेपाली कांग्रेससँग मिसिन पुग्यो । हामी अब लोकतातित्रक समाजवादउन्मुख राज्यव्यवस्थाका लागि अग्रगामी शक्तिसँग मोर्चालाई बलियो बनाउन लाग्छौं ।’

माओवादीले कम्युनिस्ट पार्टीको पुनर्गठनका लागि निरन्तर प्रयत्न गर्ने पनि बताएको छ ।

मोर्चालाई बलियो बनाएर कम्युनिस्ट पार्टीको पुनर्गठन गर्ने पनि माओवादीले जनाएको छ ।

माओवादीका योजना र कार्यक्रम स्थायी समिति र केन्द्रीय कमिटीले बनाउने प्रवक्ता सापकोटाले जानकारी दिए । यसका लागि साउन २५ गते बस्ने गरी स्थायी कमिटीको बैठक बोलाएको पनि उनले जनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]