२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

एमाले कर्णाली अधिवेशन : सहमति जुट्न सकेन, निर्वाचनको कार्यक्रम अघि बढ्यो

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, आश्विन १२, २०८०

बुधबारबाट वीरेन्द्रनगरमा जारी नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशन नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि निर्वाचन हुने भएको छ । नयाँ नेतृत्व छनोटका लागि नेताहरूबीच सहमति नजुटेपछि अन्तत: निर्वाचन हुने भएको हो । अधिवेशनको बन्दसत्रमा सहमति जुट्न नसकेपछि निर्वाचन कमिटीले निर्वाचन तालिका सार्वजनिक गरेको छ ।

निर्वाचन तालिकाअनुसार शुक्रबार उम्मेदवारको मनोनयन दर्ता र शनिबार निर्वाचन हुनेछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिका आधारमा पदाधिकारी चयन गर्न दिएको निर्देशन अवेज्ञा गर्दै नेताहरू आफ्नो हठबाट पछाडि नहटेपछि निर्वाचनबाट नेतृत्व चयन हुन लागेको हो ।

अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न नसके गुट उपगुट बनाएर चुनाव नलड्न निर्देशन दिएका थिए । अध्यक्ष ओलीले मात्रै होइन, एमाले महासचिव शंकर पोखरेलले पनि बुधबार बन्दसत्र सुरु हुनुअघिसम्म सहमतिको अधिकतम प्रयास गरेका थिए । तर, सहमति हुने छाँट नदेखेपछि उनी काठमाडौं फर्किएका थिए ।

महासचिव पोखरेलले आफ्नै टिममा बनेको गुटलाई रोक्न नेताहरूसँग वान टु वानको भेटघाटमा सहमतिको प्रयास गरे पनि स्थायी कमिटी सदस्य यामलाल कँडेल र प्रदेश अध्यक्ष विनोदकुमार शाहबीचको प्रतिष्ठाको लडाइँले अधिवेशन निर्वाचनउन्मुख बनेको हो ।

प्रदेश अध्यक्षका लागि कँडेलले पार्टी पोलिटब्युरो सदस्य सल्यानका गुलावजंग शाह र प्रदेश अध्यक्ष शाहले प्रदेश कमिटी सदस्य कालीकोटका मीनबहादुर शाहीलाई अध्यक्ष बनाउन लबिङ थालेपछि सहमतिको सम्भावना टरेको एमाले स्रोतको दाबी छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कालीकोटका शाहीलाई प्रदेश अध्यक्ष बनाउन खोजेको प्रस्ट देखिन्थ्यो । सोहीअनुसार महासचिव पोखरेल पनि सकारात्मक देखिएको बताइएको थियो । तर, अध्यक्ष ओली काठमाडौं फर्किएपछि एकाएक समीकरणमा बदलाव आएको बताइएको छ ।

शाहीलाई ओलीको समर्थन हुँदाहुँदै पनि महासचिव पोखरेलले एक टिकटक भिडियोबाट विवादित छवि बनाएका पार्टी पोलिटब्युरो सदस्य गुलावजंग शाहलाई अध्यक्ष बनाउन थालेको लबिङ नै अन्तत: चुनावमा जाने विन्दु बनेको एमालेका एक केन्द्रीय सदस्यले बताए ।

महासचिव पोखरेलले गुलावजंग शाहलाई नेतृत्वमा ल्याउन गरेको यो प्रयास नौलो भने होइन । साविक भेरी र राप्ती अञ्चल हुँदादेखि नै सल्यानमा प्रकाश ज्वालालाई दबाउनका लागि पोखरेलले शाहलाई बोकेर हिँड्ने गरेको आरोप उनीमाथि रहेको एमाले स्रोत दाबी गर्छ । शाहलाई पार्टीको पोलिटब्युरो सदस्यमा ल्याउनमा मुख्य हात महासचिव पोखरेलको भएको मानिन्छ ।

भावी नेतृत्वका लागि नेताहरूबीच अन्य पदमा सहमतिनजिक पुगे पनि अध्यक्षका लागि आ–आफ्नै रटानले सहमतिको सम्भावना टरेको हो । अध्यक्ष पदका लागि प्रस्ताव गरिएका शाही र शाह आफ्नै गृह जिल्लामा पार्टी कार्यकर्ताबाट नरुचाइएका नेता भएको बताइन्छ ।

शाही राष्ट्रिय योजना आयोगको सदस्य रहिसकेका नेता हुन् भने शाह निवर्तमान प्रदेशसभा सदस्य र गत मंसिरमा सम्पन्न दोस्रो प्रदेशसभा निर्वाचनमा पराजित भएका नेता हुन् । स्थायी कमिटी सदस्य कँडेलनिकट नेताका अनुसार अध्यक्षमा पोलिटब्युरो सदस्य सल्यानका गुलावजंग शाह, उपाध्यक्षमा जुम्लाका टेकराज पछाई, सचिवमा सुर्खेतका ध्रुवकुमार शाही र उपसचिवमा दैलेखका रवीन्द्रराज शर्मा तथा मुगुका जितबहादुर मल्लको नाम पक्का भएको छ ।

यस्तै, प्रदेश अध्यक्ष शाहको टिमबाट अध्यक्षमा कालीकोटका मीनबहादुर शाही, उपाध्यक्षमा जाजरकोटका लालबहादुर महतारा, सचिवमा सुर्खेतका डण्डीप्रसाद शर्मा, उपसचिवमा दैलेखका रुद्र शाहीको नाम टुङ्गो लागेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]