०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

भारतको केरलामा भीषण वर्षापछि पहिरो जाँदा ५६ जनाको ज्यान गयाे

Logo
एजेन्सि प्रकाशित मंगलबार, साउन १५, २०८१

दक्षिण भारतको केरला राज्यमा भीषण वर्षापछि पहिरो जाँदा ५६ जनाको ज्यान गएको छ ।

पहिरोमा परी १०० जनाभन्दा बढी घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीको समाचारमा जनाइएको छ ।

 

पहिरोबाट मंगलवार दिउँसोसम्म २५० जना जतिको उद्धार भएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

 

खोज तथा उद्धार कार्यका लागि २०० भन्दा बढी सैनिक तैनाथ गरिएको बताइएको छ ।

प्रभावित स्थानमा खोज तथा उद्धार अभियान चलिरहेको छ । तर ठूलो वर्षा भइरहेकाे तथा एउटा महत्त्वपूर्ण पुल पनि भत्किएका कारण उद्धारकार्य प्रभावित भएको बताइएको छ ।

केरलाका मन्त्री एके शशीन्द्रनले क्षतिको विवरण आउन अझै केही समय लाग्ने बताएका छन् ।

यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा केरला सरकारलाई विपद्को अवस्थामा सम्भावित सबै सहयोग गर्ने बताएका छन् ।

केरलाको वायनाड जिल्लाका विभिन्न स्थानमा मंगलवार सबेरै पहिरो गएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं – देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहे पनि शिक्षाका नाममा ठूलो रकम विदेशिने क्रम बढ्दो देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांकअनुसार शिक्षातर्फको व्यय रु ४२ अर्ब ९६ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय रु ३२ अर्ब २२ करोड रहेको थियो। […]

क्वालालम्पुर (मलेसिया) – नेपालमा हर्कराज साम्पाङ राईको नेतृत्वमा स्थापित श्रम संस्कृति पार्टीको प्रवास संगठन मलेसियामा पनि औपचारिक रूपमा गठन गरिएको छ। आइतबार राजधानी क्वालालम्पुरमा “देश सोच्न सकूँ, म देश बोल्न सकूँ, देशकै कर्म गर्न सकूँ, म देशकै लागि मर्न सकूँ” भन्ने मूल नारासहित आयोजना गरिएको श्रमदाता–श्रमिक भेला मार्फत पार्टीको मलेसिया प्रवास संगठन स्थापना गरिएको हो। […]

काठमाडौँ – नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मंगलबार मतदान हुँदैछ। एमाले केन्द्रीय निर्वाचन आयोगले दिउँसो १ बजेदेखि बेलुका ७ बजेसम्म मतदान समय तोकेको छ। मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरिएको छ। महाधिवेशनअन्तर्गत पार्टी अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर […]