०९ आश्विन २०८३, शुक्रबार
25-09-2026 , Fri
×

मलेसियामा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीले जिते ७ स्वर्ण सहित १० पदक

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, साउन ०८, २०८१

क्वालालम्पुर : मलेसियामा जुलाई २१ तारीख भएको सातौं गेविन मलेसिया ओपन तेक्वान्दो च्याम्पियन २०२४ मा नेपाली टोलिका खेलाडीहरुले ७ संवरण र ३ रजत गरि जम्मा १० मेडल जित्न सफल भएको छ ।


मलेसियाको सेलाङ्गोर राज्यको केलाङ शहरको esplanade mall मा भएको खेलमा पदकहरु जितेका हुन। जस मध्य नारायण नहर्की, अब्बास अन्सरी, मनिष पौडेल, सुजल कंडेल, दर्शन बराल, रिशभ शर्मा र प्रयाद ढकालले स्वर्ण पदक हाशिल गरेका थिए भने हेम प्रसाद भट्ट (सन्तोष), सुजन रोका र जुनेत खानले रजत पदक जितेका हुन ।

 

नेपालबाट मलेसियामा पुगेका १६ जनाको जम्बो टोलिमा १२ खेलाडी सहित टिम म्यानेजर आशिष घिमिरे, रेफ्री उमर खान र प्रशिक्षक द्वय रोशन खान र कमल भट्टराई प्रशिक्षक रहेका थिए । रोशन खान तेक्वान्दो चितवन जिल्लाको प्रशिक्षक पनि हुन ।


आईतवार सम्पन्न खेलमा मलेसिया, नेपाल, जापान, ईन्डोनएसिया, ब्राजिल, चाईना, ताईवान, भारत गरि जम्मा ८ देशको सहभागी रहेको थियो।

 

त्यस्तै खेल पश्चात् पत्रकारहरुसँग प्रशिक्षक खानले अहिले सम्म नेपालमा स्थानीय तह, प्रदेश र संघीय सरकारले विश्वभरी देशको नाम चिनाउने खेलाडी अथाह खेल्कुद भए पनि अहिले सम्म खेल्कुद क्षेत्रमा जति बजेट पाउनु पर्ने पर्याप्त बजेट नपाएकोले नेपाली खेलाडी पछि परेको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]