०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

टंक तिमिल्सीनाको “चमक्क चमक्क लाली जोवन” सार्वजनिक, अन्जली र सुश्माको दमदार डान्स

Logo
HeroNepal-tv प्रकाशित बुधबार, आषाढ २७, २०८१

नेपाली युवापूस्तामाझ चर्चित सर्जक टंक तिमिल्सिनाको “चमक्क चमक्क लाली जोवन” भन्ने बोलको गीत डिजिटल प्लेटफर्म टंक तिमिल्सिना युट्यूब च्यानलमा सार्वजनिक भएको छ ।

यो समाचार तयार पार्दासम्म गीतले 1 लाख भन्दा बढी भ्युज पनि पाईसकेको छ ।
सुदुरपश्चिम अछामको पन्चदेवल बिनायक नगरपालिकामा जन्मेका गायक, सर्जक टंक तिमिल्सिनाका “मेरि चम्पा”, “चल्यो बतास”, मीठो बोलिले”, “हुक्का बार”, “मैना”, “आमाको माया” लगायत सयौँ गीत चर्चित छन् र लाखौले हेरेका छन् ।

गीत संगीतको अलवा सामाजिक क्षेत्रमा पनि उत्तिकै सकृय गायक तिमिल्सिना पछिल्लो समय “मेरी चम्पा” बाट देशब्यापी हुँदै बिदेशका विभिन्न सहरहरुमा समेत स्टेज कार्यक्रम पाउन सफल गायकको रुपमा सुप्रसिद्ध छन् ।

आफैले लय र शब्द कोरेको यो गीत गायक टंक तिमिल्सीना र रन्जना सिजापती को आवाजमा सजिएको छ । कोरियोग्राफर तथा नृत्य निर्देशक बिक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा अत्यस्तै व्यस्त र सुन्दरी नायिका अन्जली अधिकारी, पछिल्लो समय टंक तिमिल्सिनाकै मेरि चम्पाबाट उदाएकी मोडेल सुष्मा मगर, निर्देशक तथा कोरियोग्राफर बिक्रम चौहान र टंक तिमिल्सिनाको नृत्य हेर्न पाईन्छ ।

आफ्नो हरेक सिर्जनालाई फरक रुपले प्रस्तुत गर्ने सर्जक टंक तिमिल्सीना यो गीतले दर्शकलाई अझ धेरै आनन्दीत बनाउनेमा ढुक्क भएको बताउँछन् । गीत रिलीज गर्दै गायक तिमिल्सीनाले उक्त गीत हेरेर प्रतिकृया दिनुहुन सबैलाई अनुरोध गर्दै गीत तथा भिडियोमा आवद्ध सम्पूर्ण टिमलाई धन्यवाद समेत दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]