०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

आज पनि धेरै ठाउँमा वर्षाको आकलन, सुदूरपश्चिम बढी प्रभावित हुने

Logo
HeroNepal-tv प्रकाशित आइतबार, आषाढ २४, २०८१

आज पनि धेरै ठाउँमा वर्षाको आकलन, सुदूरपश्चिम बढी प्रभावित
मनसुन देशभर एकसाथ सक्रिय हुँदा शुक्रबारदेखि झमझम पानी परेको छ । यसमध्ये पनि बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा भीषण वर्षा भएको छ । यसबाहेकका अन्य प्रदेशका केही ठाउँमा पनि भीषण वर्षा भएको छ ।

यस अवधिमा पूर्वतिर सिन्धुलीदेखि पश्चिम पहाडमा प्युठान र तराईमा बाँके–बर्दियासम्म भीषण वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार २४ घन्टामा सबैभन्दा बढी वर्षा पाल्पाको कुमालगाउँमा ३९० मिलिमिटर मापन भएको छ, यो घनघोर वर्षा हो । विभागको तथ्यांकअनुसार पाल्पाको गण्डाकोटमा ३०५, स्याङ्जामा ३०२, दाङको लमहीमा २६७, प्युठानमा २६३ मिलिमिटर वर्षा मापन भएको छ ।

लमजुङ र पर्सामा समान १८४, ललितपुर लेलेमा १६८, सिन्धुलीमा १५८, काठमाडौं धापड्याममा १५३ मिलिमिटर वर्षा रेकर्ड भएको छ । मौसम पूर्वानुमान महाशाखाले गत बिहीबार विशेष बुलेटिन जारी गर्दै आइतबारसम्म देशभर वर्षा हुने र त्यसमा पनि पश्चिम नेपालमा भीषण वर्षाको चेतावनी दिएको थियो ।

शुक्रबारदेखिको झरी आइतबारसम्म कायमै रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् चिरञ्जीवी भेटवालका अनुसार आइतबार देशका धेरै ठाउँमा मेघ गर्जन चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ । तर, पश्चिम नेपाल त्यसमा पनि सुदूरपश्चिमा धेरै वर्षाको सम्भावना छ ।

‘उत्तरप्रदेशमा बनेको न्यून चापीय क्षेत्र सक्रिय बनेको छ, यसको असर त्यहाँ बढी देखिन्छ,’ उनले भने, ‘आइतबार सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रमा नै पानी पर्ने देखिन्छ ।’ त्यसबाहेक गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा अति भारी वर्षाको चेतावनी दिइएको छ । कोशी, बागमतीका र मधेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुने देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं – देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहे पनि शिक्षाका नाममा ठूलो रकम विदेशिने क्रम बढ्दो देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांकअनुसार शिक्षातर्फको व्यय रु ४२ अर्ब ९६ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय रु ३२ अर्ब २२ करोड रहेको थियो। […]

क्वालालम्पुर (मलेसिया) – नेपालमा हर्कराज साम्पाङ राईको नेतृत्वमा स्थापित श्रम संस्कृति पार्टीको प्रवास संगठन मलेसियामा पनि औपचारिक रूपमा गठन गरिएको छ। आइतबार राजधानी क्वालालम्पुरमा “देश सोच्न सकूँ, म देश बोल्न सकूँ, देशकै कर्म गर्न सकूँ, म देशकै लागि मर्न सकूँ” भन्ने मूल नारासहित आयोजना गरिएको श्रमदाता–श्रमिक भेला मार्फत पार्टीको मलेसिया प्रवास संगठन स्थापना गरिएको हो। […]

काठमाडौँ – नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मंगलबार मतदान हुँदैछ। एमाले केन्द्रीय निर्वाचन आयोगले दिउँसो १ बजेदेखि बेलुका ७ बजेसम्म मतदान समय तोकेको छ। मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरिएको छ। महाधिवेशनअन्तर्गत पार्टी अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर […]