०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

आज पनि धेरै ठाउँमा वर्षाको आकलन, सुदूरपश्चिम बढी प्रभावित हुने

Logo
HeroNepal-tv प्रकाशित आइतबार, आषाढ २४, २०८१

आज पनि धेरै ठाउँमा वर्षाको आकलन, सुदूरपश्चिम बढी प्रभावित
मनसुन देशभर एकसाथ सक्रिय हुँदा शुक्रबारदेखि झमझम पानी परेको छ । यसमध्ये पनि बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा भीषण वर्षा भएको छ । यसबाहेकका अन्य प्रदेशका केही ठाउँमा पनि भीषण वर्षा भएको छ ।

यस अवधिमा पूर्वतिर सिन्धुलीदेखि पश्चिम पहाडमा प्युठान र तराईमा बाँके–बर्दियासम्म भीषण वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार २४ घन्टामा सबैभन्दा बढी वर्षा पाल्पाको कुमालगाउँमा ३९० मिलिमिटर मापन भएको छ, यो घनघोर वर्षा हो । विभागको तथ्यांकअनुसार पाल्पाको गण्डाकोटमा ३०५, स्याङ्जामा ३०२, दाङको लमहीमा २६७, प्युठानमा २६३ मिलिमिटर वर्षा मापन भएको छ ।

लमजुङ र पर्सामा समान १८४, ललितपुर लेलेमा १६८, सिन्धुलीमा १५८, काठमाडौं धापड्याममा १५३ मिलिमिटर वर्षा रेकर्ड भएको छ । मौसम पूर्वानुमान महाशाखाले गत बिहीबार विशेष बुलेटिन जारी गर्दै आइतबारसम्म देशभर वर्षा हुने र त्यसमा पनि पश्चिम नेपालमा भीषण वर्षाको चेतावनी दिएको थियो ।

शुक्रबारदेखिको झरी आइतबारसम्म कायमै रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् चिरञ्जीवी भेटवालका अनुसार आइतबार देशका धेरै ठाउँमा मेघ गर्जन चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ । तर, पश्चिम नेपाल त्यसमा पनि सुदूरपश्चिमा धेरै वर्षाको सम्भावना छ ।

‘उत्तरप्रदेशमा बनेको न्यून चापीय क्षेत्र सक्रिय बनेको छ, यसको असर त्यहाँ बढी देखिन्छ,’ उनले भने, ‘आइतबार सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रमा नै पानी पर्ने देखिन्छ ।’ त्यसबाहेक गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा अति भारी वर्षाको चेतावनी दिइएको छ । कोशी, बागमतीका र मधेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुने देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]