०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

पार्टीसँग मेरो कुनै साइनो सम्बन्ध रहेन ः प्रेम आले

Logo
HeroNepal-tv प्रकाशित शनिबार, आषाढ २३, २०८१

नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रतिनिधि सभा सांसद प्रेम आलेले पार्टीसँग कुनै साइनो नरहेको बताएका छन्।

पार्टीको दसौं महाधिवेशन बहिष्कार गरेको बताएका आलेले वडाध्यक्षसमेत नजित्ने मानिसहरू पदाधिकारी बनेको भन्दै असन्तुष्टि व्यक्त गरे।

‘म एमालेमै पोलिटब्युरो सदस्य भइसकेको हुँ, तीनपटक मन्त्री भइसकेको छु। त्यो एकीकृत समाजवादीमा वडा सदस्य जित्न नसक्ने मानिस पदाधिकारी छन्। त्यो पार्टी उँभो लाग्छ? त्यही देखेर मैले बहिष्कार गरेको हुँ,’ उनले  भने।

उनी एकीकृत समाजवादीको महाधिवेशनमा सहभागी नभई भारत भ्रमणमा गएका थिए। असार १६ गतेदेखि २० गतेसम्म एकीकृत समाजवादीले काठमाडौंमा महाधिवेशन गरेको थियो।

उनी बिहीबार भारतबाट स्वदेश फर्केका थिए।

 

‘पार्टी गठन गर्ने, व्यापार गर्ने काम भयो, म हिजो भारतबाट फर्किएँ। यो पार्टीसँग मेरो कुनै साइनो सम्बन्ध रहेन,’ उनले भने।

उनले जनताबाट निर्वाचित प्रतिनिधि भएकाले स्वतन्त्र हैसियतमा रहँदा पनि फरक नपर्ने बताए।

आले डोटीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]