०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

NRNA मलेसिया केन्द्र र क्षेत्रीय समिति जोहोरबीच विवाद चर्कियाे !

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, आश्विन १२, २०८०

मलेसिया = गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसिसिको ११औं महाधिवेशन नजिकिएसंगै गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसिसि मलेसिया केन्द्र क्वालालम्पुर र क्षेत्रीय समिति जोहोरबीच विवाद चुलिएको छ ।

एनआरएनए आईसिसिको महाधिवेशनमा भोट गर्न पाउने भोटरहरुको नमावली आईसिसिले माग गरे बमोजिम एनसिसि केन्द्र मलेसियाले १७० जनाको नाम सहित उल्लेख गरेर पठाएको र सोही नमावलीप्रति आपत्ति जनाउदै एनआरएनए जोहोर क्षेत्रीय समितिले आईसिसि केन्द्रलाई छानबिन गरि पाउ भनी पत्राचार गरेसंगै एनआरएनए मलेसियाभित्र विवाद चुलिएको हो ।

एनआरएनए जोहोर क्षेत्रीय समितिले आईसिसि केन्द्रका तीनजना अध्यक्षद्धय रबिना थापा , बद्री केसी र कुल आचार्यलाई सम्बोधन गरेर लेखिएको उक्त पत्रमा भनिएको छ , “गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद आईसिसिको ११औं महाधिबेशन यहि अक्टोबर १७ देखि २० मा हुन गैरहेको कुरा सबैमा अवगत नै छ । जसका लागी बिभिन्न देशहरु बाट प्रतिनीधीहरु छनौट गरि नामावली पठाउने क्रममा मलेसिया बाट पठाईएका प्रतिनिधीहरु एन.आर.एन.ए मा कुनै योगदान नभएका केहि व्यक्तिको आडमा आधिकारिक रुपमा मलेसियामा रहेको एक मात्र क्षेत्रीय समितीलाई जानकारी नै नगरि गोप्य रुपमा आफ्नै मन खुशीले नामावली पठाईएको र मलेसिया मैं नभएका व्यक्तिहरुको समेत नामावली पठाएको पाईएको आरोप क्षेत्रीय समिति जोहोरले लगाएका छ्न ।

पत्रमा भनिएको छ , “बिगत लामो समय देखि एनआरएनएमा काम गरि आएका र वर्तमान कमिटीमा रहेका व्यक्तिहरुको समेत नामावली नआएको हुँदा यहाँ स्पष्ट केहि व्यक्तिको चलखेलमा आफ्नो नजिकको मान्छेको नामावली पठाईएको बुझिएको छ । यसबाट आउदै गरेको महाधिबेशन र निर्वाचनमा पक्कै पनि प्रभावित हुनेछ त्यसैले मलेसिया बाट पठाईएको प्रतिनिधीको नामावलीमा छानबिन र विधान अनुसार प्रतिनिधी छनौट गरियोस् भनि बिनम्र अनुरोध गर्दछौं ।” भनेर आईसिसिलाई पठाइएको पत्रमा उल्लेख छ ।

यता भोटर नमावली विवाद सम्बन्धमा एनआरएनए एनसिसि मलेसिया अध्यक्ष बिनोद थापाले मलाया खबरसंग फोन सम्पर्कमा कुरा गर्दै भने, “यो सबै अरु केहि नभएर मेरो एनसिसि मलेसियाको यो पल्टको कार्यकाल जसरी पनि असफल बनाउन लाई केहि समुहले क्षडयन्त्र गरिरहेको आरोप लगाए ।”

अध्यक्ष थापाले भने , “एनआरएनए एनसिसि मलेसियामा अहिले सन् २०२३-२०२५ कार्यकालको नयाँ समितिमा पनि अधिकाँस जसो पहिले सन् २०२१ – २०२३ कार्यकालकै पदाधिकारी साथीहरु रहेको र तिनै सबै साथीहरुसंग संस्थागत सल्लाह गरेरै मलेसियाबाट आईसिसिको ११औं महाधिवेशनको लागि भोटरको नमावली अनुमोदन गरि पठाइएको बताए ।

अध्यक्ष थापाले भने , “आफुले आईसिसिको ११औं महाधिवेशनमा भोट हाल्न पाउने भोटरहरुको नमावली अनुमोदन गर्नुभन्दा पहिले क्षेत्रीय समिति जोहोरको अध्यक्ष वेदना क्ष्रेष्ठसंग समन्वय सल्लाह गरेरै भोटरहरुको अन्तिम नमावली अनुमोदन गरेको र त्यसमा जोहोरको एनआरएनए सदस्यहरुलाई समेत समेटिएको बताए ।”

तर उता क्षेत्रीय समिति जोहोरका अध्यक्ष वेदना क्ष्रेष्ठले केन्द्र क्वालालम्पुरको अध्यक्ष बिनोद थापा लगायत कसैले पनि यस् विषयमा आफूसंग र क्षेत्रीय समितिसंग केहि सल्लाह नै नगरेको र क्षेत्रीय समितिलाई भोटरको लागी नमावली पठाईदिन कुनै पत्राचार समेत नगरिएकोले हामीले पत्र नपाएको र त्यसबारे हामी सबै अनबिज्ञनै रहेको स्पष्ट पारेकी छिन् ।

त्यस्तै क्षेत्रीय समिति जोहोरका सचिव छविलाल गिरिले पनि एनआरएनए एनसिसि क्वालालम्पुरले हामी क्षेत्रीय समितिसंग कुनै किसिमको समन्वयनै नगरि आफ्नो मनोमानी ढंगले आईसिसि केन्द्रलाई भोटरहरुको नमावली अनुमोदन गरि पठाएको आरोप लगाउँदै यसमा हाम्रो घोर आपत्ती रहेको सचिव गिरिले बताए ।

साथै सचिव गिरिले भने, एनसिसि मलेसियाको अध्यक्ष थापाले हामी क्षेत्रीय समितिको साथीहरुलाई आईसिसिको ११औं महाधिवेशनबारे सम्झाएर बुझाएर आफू संगै डोर्याएर हातेमालो गर्दै हिड्नुको सट्टा आफ्नो मनोमानी गर्दै हिड्ने गरेको आरोप लगाए । यसले निकट भबिष्यमा संस्थाभित्र ठूलो दुर्घटना हुन सक्ने भन्दै अध्यक्ष थापाले सबैलाई मिलाएर लग्न सकिने अझै पनि समय रहेको भन्दै केन्द्रिय समितिको ध्यानाकर्षण गराए ।

एनआरएनए आइसीसीको ११औं महाधिवेशन तथा गैर आवासीय विश्व सम्मेलन यहीँ बर्ष सन् २०२३ को आगामी महिना अक्टोबरको १७ देखि २० अक्टोबरसम्म अर्थात नेपाली मिति यहीँ बर्ष २०८० असोज ३० गते देखि कार्तिक ३ गतेसम्म काठमाडौंमा हुने तय भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]