२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

एउटै कम्युनिष्ट पार्टी बनाउन : विप्लव

Logo
HeroNepal-tv प्रकाशित शनिबार, आषाढ १६, २०८१

शनिबार पुष्पलाल अध्ययन समितिले काठमाडौंमा आयोजना गरेको पुष्पलाल जन्मशताब्दी समारोहमा बोल्दै महासचिव विप्लवले एउटै कम्युनिष्ट पार्टी बनाएर नेपाली कम्युनिष्ट आन्दोलनलाई २००६ सालमा फर्काउन सकिने बताएका हुन्।

समाजवादी मोर्चा बनाएर आफूहरूले त्यसको प्रयत्न पनि गरिरहेको उनले बताए। समाजवादी मोर्चा नभए नयाँ ढंगले मोर्चाबन्दी गरी एकताका प्रस्तावहरू खडा गर्नुपर्ने उनले बताए।

सबै विश्लेषण गरेर पस्ताव बनाएर छलफल गरियो भने कम्युनिष्ट आन्दोलन २२ वटा पार्टीहरू फेरि पुनर्जागृत भएर ६ सालमा फर्किन पनि सक्छ।एउटै कम्युनिष्ट पार्टी बन्न पनि सक्छ,’ उनले भने, ‘ त्यसका लागि हामीले आँट गर्नुपर्छ र प्रस्ताव पनि गर्नुपर्छ।’

उनले अहिले पनि नेपालमा ७० प्रतिशतभन्दा बढी जनता कम्युनिष्ट र समाजवादी समर्थक भएकाले निराश हुन नपर्ने बताए।

‘एकचोटी कम्युनिष्ट आन्दोलनमा एउटा महान् बहस बहस, उच्च बहस फराकिलो बहस जरूरी छ। त्यो आँट अग्रज नेताहरूले गर्नुहोस्,’ उनले भने, ‘यहाँसम्म आएकामा उहाँहरूकै योगदान हो। हामी अनुयायी हौं। हाम्रा कयौं कुराहरू नमिलेर फरक ठाउँमा छौं।’

नेपालको कम्युनिष्ट आन्दोलनलाई एक ठाउँमा ल्याउने गरी नयाँ प्रस्ताव गरियो भने नेपाललाई ६ सालमा फर्काएर नयाँ घोषणा पत्र फेरि तयार गरेर एउटै कम्युनिष्ट पार्टी बनाउन सकिने उनले बताए।

‘आधार बनाएर गयौं भने एउटै कम्युनिष्ट पार्टी निर्माण गरेर नेपाललाई अहिलेको संकटबाट निकास मात्रै दिने होइन कि यो शताब्दीमा नेपाललाई समाजवादी देश बनाउन सक्ने स्थिति छ,’ उनले भने।

सदन, सडक र विद्रोहबाट कुनैपनि मोर्चबाट जनतालाई साथमा लिएर नेपाललाई समाजवादमा रूपान्तरण गर्ने बदल्न सक्ने सम्भावना छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]