२१ मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

सेनाले अछामबाट सुरु गर्याे विद्यालयस्तरीय (एनसिसी) तालिम

Logo
HeroNepal-tv प्रकाशित शनिबार, आषाढ १६, २०८१

अछाममा नेपाली सेनाले विद्यालयस्तरीय राष्ट्रिय सेवा दल जुनियर डिभिजन (एनसिसी) तालिम सुरु गरेको छ ।

नेपाली सेनाको नेतृत्वमा सञ्चालन भएको तालिममा मंगलसेन नगरपालिका वडा नम्बर ६ स्थित गंगा माध्यमिक विद्यालयमा अध्यनरत ३६ जना विद्यार्थी सहभागी भएका छन् ।
अछाम जिल्ला स्थित नेपाली सेनाको गोरख बक्स गणका गणपति प्रमुख सेनानी जनक सिलवालले उक्त बिधालयका १८ जना छात्र र १८ जना छात्रा गरी ३६ जना छनाेट गरेपछि उनीहरूलाई जुनियर डिभिजन (एनसिसी) १०० दिनको तालिम दिन थालिएकाे हाे ।

विद्यार्थीको आत्मविश्वास बढाउन, राष्ट्रप्रेम भाव जागृत गर्न, तथा नेतृत्व क्षमता बढाउन तालिमले सहयोग पुर्‍याउने उधेश्य रािखीएकाे छ ।


एनसीसीको तालिम पूरा गर्न केही अप्ठ्यारो भए पनि अन्ततः त्यसले व्यक्ति, समाज र देशलाई असल बनाउने विश्वास छ । तालिमका लागि कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीबाट छनाेट गरिएको थियो ।

तालिमबाट अनुशासित, बफदारिता, इमान्दारिता, राष्ट्रियताको भावाना र नेतृत्वको क्षमता विकास गर्नुका साथै भविष्यमा विपद् तथा उद्दार,हत कार्यमा स्वयम्सेवकको भूमिका निर्वाह गर्न सक्ने दक्ष जनशक्ती उत्पादन गर्ने बिश्वास लिइएको छ ।

बिधालय व्यवस्थापन समितीका अध्यक्ष चक्र प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली सेनाका क्याप्टेन रेनुका बुढाथोकी ,वडा अध्यक्ष देबेन्द्र भण्डारी ,निवर्तमान वडा अध्यक्ष जनकराज भण्डारी ,पत्रकार सुशील भण्डारी लगायतको उपस्थित रहेको थियो । कार्यक्रमको संचालन बिधालयका प्रअ मोतीराम भण्डारीले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]