०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

सेनाले अछामबाट सुरु गर्याे विद्यालयस्तरीय (एनसिसी) तालिम

Logo
HeroNepal-tv प्रकाशित शनिबार, आषाढ १६, २०८१

अछाममा नेपाली सेनाले विद्यालयस्तरीय राष्ट्रिय सेवा दल जुनियर डिभिजन (एनसिसी) तालिम सुरु गरेको छ ।

नेपाली सेनाको नेतृत्वमा सञ्चालन भएको तालिममा मंगलसेन नगरपालिका वडा नम्बर ६ स्थित गंगा माध्यमिक विद्यालयमा अध्यनरत ३६ जना विद्यार्थी सहभागी भएका छन् ।
अछाम जिल्ला स्थित नेपाली सेनाको गोरख बक्स गणका गणपति प्रमुख सेनानी जनक सिलवालले उक्त बिधालयका १८ जना छात्र र १८ जना छात्रा गरी ३६ जना छनाेट गरेपछि उनीहरूलाई जुनियर डिभिजन (एनसिसी) १०० दिनको तालिम दिन थालिएकाे हाे ।

विद्यार्थीको आत्मविश्वास बढाउन, राष्ट्रप्रेम भाव जागृत गर्न, तथा नेतृत्व क्षमता बढाउन तालिमले सहयोग पुर्‍याउने उधेश्य रािखीएकाे छ ।


एनसीसीको तालिम पूरा गर्न केही अप्ठ्यारो भए पनि अन्ततः त्यसले व्यक्ति, समाज र देशलाई असल बनाउने विश्वास छ । तालिमका लागि कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीबाट छनाेट गरिएको थियो ।

तालिमबाट अनुशासित, बफदारिता, इमान्दारिता, राष्ट्रियताको भावाना र नेतृत्वको क्षमता विकास गर्नुका साथै भविष्यमा विपद् तथा उद्दार,हत कार्यमा स्वयम्सेवकको भूमिका निर्वाह गर्न सक्ने दक्ष जनशक्ती उत्पादन गर्ने बिश्वास लिइएको छ ।

बिधालय व्यवस्थापन समितीका अध्यक्ष चक्र प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली सेनाका क्याप्टेन रेनुका बुढाथोकी ,वडा अध्यक्ष देबेन्द्र भण्डारी ,निवर्तमान वडा अध्यक्ष जनकराज भण्डारी ,पत्रकार सुशील भण्डारी लगायतको उपस्थित रहेको थियो । कार्यक्रमको संचालन बिधालयका प्रअ मोतीराम भण्डारीले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]