२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

एमाले सुदुरपश्चिम सम्पर्क कमिटीको पाँचौँ बैठक सम्पन्न : शनिवार प्रशिक्षण कार्यक्रम गर्ने ।

Logo
HeroNepal-tv प्रकाशित आइतबार, जेठ २०, २०८१

काठमाडौ ः नेकपा(एमाले) सुदुरपश्चिम प्रदेश सम्पर्क कमिटीको पाँचौँ पूर्ण बैठक पार्टी केन्द्रीय सदस्य तथा सुदुरपश्चिम प्रदेश सम्पर्क कमिटी ईन्चार्ज कल्पना थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे ।

पार्टी कार्यालय बिजुलीबजार काठमाडौमा कमिटीका अध्यक्ष सुरत खत्रीको अध्यक्षतामा १९ जेठ, २०८१ मा सम्पन्न बैठकले आगामी शनिवार अर्थात जेठ २५ गते प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ । उक्त कार्यक्रम बारे कमिटीका सचिव तथा संगठन विभाग प्रमुख खगेन्द्र साउद अगाडि भन्नुहुन्छ: “सम्पर्क कमिटीका सबै पदाधिकारी तथा सदस्य र ९ ओटै सम्पर्क मन्चका पदाधिकारी सहभागी हुने उक्त प्रशिक्षण कार्यक्रम संयोजन गर्नको लागि अध्यक्ष सुरत खत्रीको संयोजकत्वमा उपाध्यक्ष, सचिव र उपसचिवहरु रहेको ५ सदस्यीय समिती गठन गरेका छौँ । पार्टी सदस्यतालाई डिजिटलाईज्ड बनाउने लगायत पार्टीको निती, नियम तथा अनुशासन लगायतका विषयमा प्रशिक्षण कार्यक्रम केन्द्रीत हुनेछ ।”

बैठकले प्रत्येक जिल्ला सम्पर्क मन्चलाई निश्चित दायित्व तोक्ने तथा पार्टी सदस्यता नवीकरणको कार्य यहि जेठ मसान्तसम्म गरिसक्ने निर्णय गरेको कुरा प्रचार प्रसार विभाग प्रमुख रुपेश साउदले हिरोनेपाल टिभी सँगको कुराकानीमा बताउनुभएको छ ।

बैठकका प्रमुख अतिथि एमाले केन्दृय कमिटी सदस्य कल्पना थापाले कमिटीगत रुपमा निर्णय गर्ने तर व्यक्तिगत रुपमा सबैले जिम्मेवारी बहन गर्नु आवश्यक भएको बताउँदै सदस्यता बिस्तारको कामलाई यथाशिघ्र योजना बनाएर लाग्नुपर्ने बताउनुभयो । उहाँले कमिटीलाई अन्य आवश्यक निर्देशन पनि दिनुभएको छ ।

बैठकको शुभकामना दिनुहुँदै अतिथि तथा निवर्तमान अध्यक्ष मान बहादुर साउदले अबको यो कमिटीले आर्थिक अनुशासन कायम गर्ने र पारदर्शिता कायम गर्दै पार्टी सदस्यता डिजिटलाईज्ड गर्ने अभियानको प्रशंसा गर्नुभयो ।

बैठकमा अतिथीहरु एमाले सुदुरपश्चिम प्रदेश कमिटी सदस्य तथा थलारा गाउँपालिकाको पूर्व उपाध्यक्ष गंगुदेवी कडायत र सम्पर्क समन्वय कमिटीका सदस्य पूर्णिमा गिरिले आ आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

बैठकका अतिथी सम्पर्क समन्वय कमिटीका सदस्य भैरव बोहोराले पार्टी र संगठन थप मजबुद तथा अनुशासित हुनुपर्ने भन्दै पार्टीभित्रको अराजकता र पैसामुखी भावना अन्त हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । सानो भएपनी सकृय कमिटी बनाउनुपर्ने भन्दै उहाँले कमिटीका हरेक बैठकहरु नतिजामुखी हुन जरुरी भएको कुरा राख्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]