२३ जेठ २०८३, शनिबार
06-06-2026 , Sat
×

मुख्य नायक पल शाह रहेकाे चलचित्र ‘मायावी’को छायाकंन सुरु, ३५ दिनमा सकिने

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, आश्विन ११, २०८०

काठमाडौं । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको चलचित्र ‘मायावी’को छायांकन सुरु गरिएको छ । केही दिन अघि मुस्ताङ पुगेको निमार्ण टीमले सम्पूर्ण कलाकारहरुको उपस्थिति भएसँगै छायाकंन सुरु गरेको हो । निर्माण टीमले चलचित्रको छायाकंन गर्ने तयारी गर्दै एक हप्ता अघि सम्म चलचित्रका मुख्य कलाकारहरु र निमार्ण टीमको लाइनअप सार्वजनिक गरिरहेकोे थियो ।

मुस्ताङको नीलगीरी हिमाल क्षेत्र र पोखराको रमणीय स्थलबाट चलचित्रको छांयाकन सुरु गरिएको हो । चलचित्रको छायाकंन ३५ दिनसम्म चल्ने निर्देशक भट्टराईले बताएका छन् ।

पोखराकै परिवेशमा रहेर कथा बुनिएको यस चलचित्रमा मुख्य नायिकामा दीपिका प्रसाई, करिश्मा श्रेष्ठ र मुख्य नायकहरुमा पल शाह, सुशील सिटौला र मोडल समिम खान रहेका छन् । त्यस्तै चलचित्रमा प्रशान्त ताम्राकार र राजाराम पौडेल लगायतका अन्य कलाकारहरुको पनि अभिनय रहने छ ।

अभिनेता पल झण्डै डेढ वर्षपछि यसै चलचित्रमार्फत रजतपटमा कमव्याक गर्दैछन् भने करिश्माले लामो समयपछि ‘मायावी’बाट फिल्ममा कमव्याक गर्न लागेकी हुन् । यसै चलचित्रमार्फत ‘म्यान हन्ट इन्टरनेश्नल नेपाल २०१६’का विजेता समिम खानले नवनायकका रुपमा डेब्यू गर्दैछन् ।

क्रिएटिभ सिने आर्टसको व्यानरमा निर्माण हुन लागेको लचित्रमा निर्देशक भट्टराई स्वयंको कथा रहनेछ । भट्टराईले करिब चार वर्षपछि पुन चलचित्र निर्देशन गर्दैछन् ।

राजु थापाको डिओपी रहने चलचित्रमा एसडी योगीको संगीत र राम अविरल विष्टको गीत छ । चलचित्रमा अभिनेता राज कटुवाल निर्माताका रुपमा रहेका छन् । राज ‘‘मायावी’मार्फत चलचित्र निर्माणमा पाइला चाल्न लागेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गएराति महोत्तरीको सोनमा गाउँपालिका-३ खखना निवासी राम विश्वास यादवको घरमा आएका डाकाहरूले चलाएको गोली लागेर यादवका छोरीज्वाइँ गम्भीर घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पञ्चलाल गोलेका अनुसार ५/६ जनाको समूहका डाँकाले गोली प्रहार गर्दा रामविश्वासका ज्वाईं २७ वर्षीय ईश्वर यादव र छोरी २२ वर्षीया किरण यादव घाइते भएका छन्। गोली लागेर गम्भीर […]

दैलेख — दैलेखमा बाबुले खुर्पा (हँसिया) प्रहार गरेर आफ्नै छोराको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नारायण नगरपालिका–९ सालखर्क निवासी ७१ वर्षीय कम्बिराज थापाले मदिरा सेवनपछि भएको सामान्य विवादका क्रममा आफ्ना ४६ वर्षीय छोरा यादव थापामाथि खुर्पा प्रहार गरेका हुन्। गएराति करिब ११ बजेतिर भएको उक्त घटनामा गम्भीर घाइते भएका यादव थापालाई उपचारका […]

मलेसिया : मलेसियामा आयोजित “स्व. जीवन स्मृति दोस्रो सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता–२०२६” भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ । प्रतियोगितामा मलेसियाका नेपालीहरुकाे विभिन्न १६ टोलीहरूको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि आँधीखोला भलिबल क्लब स्याङ्जा, नेपालले जित्न सफल भएको छ भने नवदुर्गा युवा क्लब जोहोर–बातु पाहाट उपविजेतामा सीमित बनेको छ । प्रतियोगितामा प्रथम हुने […]