०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

मुख्य नायक पल शाह रहेकाे चलचित्र ‘मायावी’को छायाकंन सुरु, ३५ दिनमा सकिने

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, आश्विन ११, २०८०

काठमाडौं । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको चलचित्र ‘मायावी’को छायांकन सुरु गरिएको छ । केही दिन अघि मुस्ताङ पुगेको निमार्ण टीमले सम्पूर्ण कलाकारहरुको उपस्थिति भएसँगै छायाकंन सुरु गरेको हो । निर्माण टीमले चलचित्रको छायाकंन गर्ने तयारी गर्दै एक हप्ता अघि सम्म चलचित्रका मुख्य कलाकारहरु र निमार्ण टीमको लाइनअप सार्वजनिक गरिरहेकोे थियो ।

मुस्ताङको नीलगीरी हिमाल क्षेत्र र पोखराको रमणीय स्थलबाट चलचित्रको छांयाकन सुरु गरिएको हो । चलचित्रको छायाकंन ३५ दिनसम्म चल्ने निर्देशक भट्टराईले बताएका छन् ।

पोखराकै परिवेशमा रहेर कथा बुनिएको यस चलचित्रमा मुख्य नायिकामा दीपिका प्रसाई, करिश्मा श्रेष्ठ र मुख्य नायकहरुमा पल शाह, सुशील सिटौला र मोडल समिम खान रहेका छन् । त्यस्तै चलचित्रमा प्रशान्त ताम्राकार र राजाराम पौडेल लगायतका अन्य कलाकारहरुको पनि अभिनय रहने छ ।

अभिनेता पल झण्डै डेढ वर्षपछि यसै चलचित्रमार्फत रजतपटमा कमव्याक गर्दैछन् भने करिश्माले लामो समयपछि ‘मायावी’बाट फिल्ममा कमव्याक गर्न लागेकी हुन् । यसै चलचित्रमार्फत ‘म्यान हन्ट इन्टरनेश्नल नेपाल २०१६’का विजेता समिम खानले नवनायकका रुपमा डेब्यू गर्दैछन् ।

क्रिएटिभ सिने आर्टसको व्यानरमा निर्माण हुन लागेको लचित्रमा निर्देशक भट्टराई स्वयंको कथा रहनेछ । भट्टराईले करिब चार वर्षपछि पुन चलचित्र निर्देशन गर्दैछन् ।

राजु थापाको डिओपी रहने चलचित्रमा एसडी योगीको संगीत र राम अविरल विष्टको गीत छ । चलचित्रमा अभिनेता राज कटुवाल निर्माताका रुपमा रहेका छन् । राज ‘‘मायावी’मार्फत चलचित्र निर्माणमा पाइला चाल्न लागेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]