२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

‘गदर २’ र ‘ओह माइ गड २’ ले दुई दिनमा कति कमाए ?

Logo
heronepaltv प्रकाशित सोमबार, साउन २९, २०८०

काठमाडौं । सनी देओल स्टारर बलिउड फिल्म ‘गदर २’ ले भारतीय बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ । शुक्रबार फिल्मले ४०.१० करोड भारु कमाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अनिल शर्मा निर्देशित फिल्म रिलिज अगाडि नै चर्चामा थियो । पहिलो सिक्वेल रिलिज भएको २२ वर्षपछि आएको ‘गदर २’ आफ्नो ब्रान्ड भ्यालु, सनी देओलको क्रेज, भारत- पाकिस्तान मुद्दा र राष्ट्रभक्तिको विषयले पनि भारतमा यसलाई रुचाइएको बलिउड ट्रेड एनालिस्टहरुले बताएका छन् । फिल्मले अग्रिम टिकट बुकिङदेखि नै रेकर्ड बनाइरहेको थियो ।

शुक्रबार रिलिज भएको फिल्म हेर्न मल्टिप्लेक्स र सिंगल थिएटरहरुमा दर्शकको लामो लाइन देखिएको समाचारमा जनाइएको छ । ‘गदर २’ सन् २०२३ को दोस्रो सबैभन्दा बढी ओपनिङ गर्ने फिल्म बनेको छ । पहिलो स्थान शाहरुख खानको ‘पठान’को नाममा छ । फिल्मले दोस्रो दिन शनिबार ४३ करोड रुपैयाँ कमाइ गर्दै कुल कलेक्सन ८३.१८ करोड भारु पुर्‍याएको छ ।

‘गदर २’ अमिषा पटेल र उत्कर्ष शर्माको पनि मुख्य भूमिका छ ।

शुक्रबार नै रिलिज भएको अक्षय कुमार स्टारर फिल्म ‘ओह माइ गड २’ ले भने सनी देओलको फिल्मको तुलनामा निकै कम ओपनिङ गरेको छ । फिल्मले पहिलो दिन १०.२६ करोड भारु कमाइ गर्‍यो भने दोस्रो दिन यसले कमाइको गति बढाएको छ । शनिबार यो फिल्मले १४.५ करोड कमाउँदै कुल कलेक्सन २४.७६ करोड पुर्‍याएको छ ।

अमित राय निर्देशित ‘ओह माइ गड २’ मा पंकज त्रिपाठी र यामी गौतमको समेत मुख्य भूमिका छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]