२३ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

सन्दीपलाई सफाइपछि पारसको प्रतिक्रिया : निलम्बन फुकुवा गर्दैछौँ, बोर्डमा छलफल हुँदैछ

Logo
HeroNepal-tv प्रकाशित बुधबार, जेठ ०२, २०८१

काठमाडौं ।  नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएपछि नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा प्रक्रिया अघि बढाएको छ ।

क्यानका सचिव पारस खड्काले सन्दीपले उच्च अदालतबाट सफाइ पाएको जानकारी आएको बताउँदै निलम्बन फुकुवाका लागि बोर्डमा छलफल थालिएको खबरहबलाई बताए ।

‘उच्च अदालतले सन्दीपलाई सफाइ दिएको जानकारी पाइसकेका छौँ, अब उनको निलम्बन फुकुवाका लागि बोर्डमा कुरा हुँदैछ’, खड्काले खबरहबसँग भने, ‘निलम्बन फुकुवा भइसकेपछि सन्दीपको टी-२० विश्वकप खेल्ने सम्भावना रहन्छ । हामी अदालतको फैसलाअनुसार आवश्यक निर्णय लिन्छौँ ।’

जिल्ला अदालत काठमाडौंले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरेपछि क्यानले २०८० पुस २६ गते निलम्बन गरेको थियो ।

जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गर्दै उनलाई आठ वर्ष कैद सजाय तोकिदिएपछि क्यानले उक्त निर्णय लिएको थियो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले कैद सजायसँगै सन्दीपबाट ३ लाख जरिवानासहित पीडितलाई ५लाख क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएसँगै क्यानले अदालतको निर्णय पालन गरिएको जनाएको थियो ।

२०७९ भदौमा एक युवतीलाई होटेलमा लगेर बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत काठमाडौंले उनलाई १३ पुस २०८० मै दोषी ठहर गरेर पुस २६ गते सजाय सुनाएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]