०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

दैलेखमा गएराति भएको ट्याक्टर दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुग्याे

Logo
HeroNepal-tv प्रकाशित सोमबार, बैशाख ३१, २०८१

सुर्खेत ।  गएराति भएको ट्याक्टर दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।बिजुलीको पोल बोकेर गइरहेको ट्याक्टर कच्ची सडकमा भार थेग्न नसक्दा दुर्घटनामा परेको थियो ।

जिल्लाको बस्नेपाटीदेखि खर्च्यागैरा जाने क्रममा भे १ त ८९६ नम्बरको ट्याक्टर दुल्लु नगरपालिका-६ ढाँडस्थित जंगलमा दुर्घटना भएको हो ।

दुल्लु नगरपालिका-६ खर्च्यागैराका ५५ वर्षका मान बहादुर रावतको दुर्घटनास्थलमै मृत्यु भएको छ । अन्य घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको थियो।

घाइतेहरूमध्ये दुल्लु-६ बस्ने ५६ वर्षीय कमारो रावल र चालक कमल शाहीको सुर्तेमा उपचारका क्रममा मृत्यु भएको हो।

दुल्लु –६ का ४८ वर्षीय दानबहादुर रावल, ६० वर्षीय छविलाल रावल, ३४ वर्षीय प्रेमबहादुर रावल, ३१ वर्षीय ललित खड्का घाइते छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]