२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

एमाले सुदुरपश्चिम सम्पर्क कमिटीकाे चौथो बैठक सम्पन्न , भित्तेपात्रो समेत बिमोचन गरियाे

Logo
HeroNepal-tv प्रकाशित शनिबार, बैशाख २९, २०८१

काठमाण्डाै ।  नेकपा(एमाले) सुदुरपश्चिम प्रदेश सम्पर्क कमिटीको चौथो पूर्ण बैठक पार्टी स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटी ईन्चार्ज लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।


पार्टी कार्यालय बिजुलीबजार काठमाडौमा कमिटीका अध्यक्ष सुरत खत्रीको अध्यक्षतामा २९ वैशाख, २०८१ मा सम्पन्न बैठकले भर्खरै अधिवेशन सम्पन्न भएका सुदुरपश्चिम प्रदेशका सम्पूर्ण ९ जिल्ला सम्पर्क मन्चका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिएको छ ।


९ ओटै जिल्ला सम्पर्क मन्चका अध्यक्षहरुको रिपोर्टिङ सँगै बैठकले आगामी जेठ महिनामा ९ ओटै सम्पर्क मन्चका पदाधिकारीहरुलाई प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने, सो सम्बन्धी कार्यक्रमको आवश्यक संयोजन गर्ने जिम्मा पार्टी स्कुल विभाग प्रमुख तथा कमिटीका उपाध्यक्ष बीर बहादुर धामी लाई दिने निर्णय गर्यो ।
दार्चुला काठमाडौ सम्पर्क मन्चका निवर्तमान अध्यक्ष दिवान सिंह धामीलाई सम्पर्क कमिटीको सदस्यमा मनोनित गरेको बैठकले डडेल्धुरा बाहेक अन्य ८ ओटा जिल्ला सम्पर्क मन्चको ईन्चार्जको जिम्मेवारी तपशिलका कमरेडहरुलाई दिने निर्णय सर्वसम्मत पारित गर्यो ।

बझाङ : राम बहादुर विस्ट
बाजुरा: दिनेश धामी
बैतडी: संतोष सिं ठगुन्ना
कंचनपुर : डि.बी. जोशी
दार्चुला: दिवान सिंह धामी
कैलाली: पालुराम चौधरी
अछाम: किरण सिं विष्ट
डोटी: नवराज श्रेष्ठ

बैठकको बीचमा कमिटीले प्रकाशन गरेको २०८१ सालको भित्तेपात्रो उपस्थीत प्रमुख अतिथि तथा अन्य अतिथिहरुले संयुक्त रुपमा बिमोचन गर्नुभएको थियो । भित्तेपात्रो प्रकाशनको लागि कमिटीका सदस्य रुपेश साउदको संयोजकत्वमा भित्तेपात्रो प्रकाशन उपसमिती गठन गरेको थियो ।

पार्टी केन्दृय कमिटी सदस्य तथा सुदुरपश्चिम प्रदेश सम्पर्क कमिटी ईन्चार्ज कल्पना थापा लगायतका अतिथिहरुको आतिथ्यता रहेको बैठकको सन्चालन कमिटीका सचिव खगेन्द्र साउदले गर्नुभएको थियो ।

पार्टी केन्द्रको निर्णय र निर्देशन बमोजिम पार्टीको आन्तरिक जीवनलाई सुदृढ बनाउनको लागि संगठन विस्तार, प्रशिक्षण, पार्टी सदस्यता विस्तार लगायतका विविध खालका कार्यक्रमहरु व्यापक रुपमा गरिने कुरा कमिटीका सचिव खगेन्द्र साउदले हिरोनेपाल टि भी लाई बताउनुभयो ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]