०९ आश्विन २०८३, शुक्रबार
25-09-2026 , Fri
×

कर्णाली हाफ म्याराथनको पुरुष र महिलातर्फको उपाधि , आर्मी र सशस्त्र प्रहरी लार्इ

Logo
HeroNepal-tv प्रकाशित शनिबार, बैशाख २९, २०८१

प्रथम ज्ञान कर्णाली हाफ म्याराथनको पुरुष र महिलातर्फको उपाधि विभागीय टिम नेपाल आर्मी र सशस्त्र प्रहरीको पोल्टामा परेको छ ।

शनिबार वीरेन्द्रनगरमा भएको २१ किलोमिटरको हाफ म्याराथनमा पुरुषतर्फको उपाधि आर्मीका नरेन्द्र रावल जितेका छन् । उनले एक घण्टा ११ मिनेट २५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै उपाधि जिते ।

पुरुषतर्फ एक घण्टा ११ मिनेट ४८ सेकेन्डमा दूरी पार गर्दै नेपाली सेनाकै रामजी बस्नेत दोस्रो र एक घण्टा १३ मिनेट २३ सेकेन्डमा निर्धारित दूरी पार गर्दै सशस्त्र प्रहरीका श्रीकेश राई तेस्रो भए ।

 

यस्तै, महिलातर्फको २१ किलोमिटर दौडको उपाधि सशस्त्र प्रहरीकी पुष्पा भण्डारीले जितिन् । भण्डारीले १ घण्टा २८ मिनेट १७ सेकेन्ड निर्धारित दूरी पार गरिन् ।

निर्धारित दूरी एक घण्टा ३२ मिनेट ४३ सेकेन्डमा पार गर्दै नेपाली सेनाकी सिर्जना पाण्डे दोस्रो र एक घण्टा ३६ मिनेट ४० सेकेन्डमा दूरी पार गर्दै जुम्लाकी राज्यलक्ष्मी रावत तेस्रो भइन् ।

प्रतियोगितामा विजयी भएका पुरुष तथा महिला खेलाडीलाई कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले क्रमशः ५५ हजार, ३० हजार र २० हजार रुपैयाँ नगदसहित ट्रफी र मेडलले सम्मान गरेका थिए ।

यस्तै, पाँच किलोमिटर छात्र दौडतर्फ प्रथम अजय विश्वकर्मा, द्वितीय नवराज बानियाँ तथा तृतीय रमेश बुढा र छात्रातर्फ प्रथम बिमला कार्की, दोस्रो पूर्णिमा बुढाथोकी र लक्ष्मी शाहीले तृतीय स्थान हासिल गर्न सफल भएका छन् । विजयी छात्र तथा छात्राहरूलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद तथा प्रमाण पत्र प्रदान गरिएको छ ।

विद्यालयस्तरीय पाँच किलोमिटर दौडमा प्रथम भएका आठ वर्षीय बालकलाई प्रोत्साहन पुरस्कारसमेत प्रदान गरिएको थियो । प्रतियोगितामा झन्डै एक हजार बढी धावकको सहभागिता रहेको थियो । कर्णाली प्रदेश खेलकुद परिषद्को आर्थिक सहयोग, केएल दुगड ग्रुरुपको ज्ञान खाद्यान्नको टाइटल स्पोन्सरमा रेस नेपालले प्रतियोगिता आयोजना गरेको थियो । म्याराथनको व्यवस्थापन क्रियटिभ गन्ज मिडिया एन्ड इभेन्ट म्यानेजमेन्टले गरेको थियो ।

दौड संस्कृतिको विकाससँगै पर्यटन प्रवद्र्धन गराउने इभेन्टका रूपमा स्थापित गराउने तथा आसन्न १०औँ राष्ट्रिय खेलकुदको प्रवद्र्धन गर्ने गरी कर्णाली हाफ म्याराथन आयोजना गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]