०९ आश्विन २०८३, शुक्रबार
25-09-2026 , Fri
×

इङ्ल्यान्ड ‘सी’ सँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, बैशाख २५, २०८१

काठमाडौँ। इङ्ल्यान्ड ‘सी’ सँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ।

अल्डरसट टाउन एफसीको इबीबी रंगशालामा सोमबार सम्पन्न खेलमा इङ्ल्यान्ड ‘सी’ सँग नेपाल २-० गोल अन्तरले पराजित भएको हो।

इङ्ल्यान्ड ‘सी’ लाई जित दिलाउन निक काबाम्बा र क्यालम स्टेडले गोल गरे। खेलको आठौँ मिनेटमा काबाम्बाको गोलमार्फत इङ्ल्यान्ड ‘सी’ ले अग्रता लिएको थियो ।

उनले ओली हारफिल्डको क्रसलाई हेडमार्फत गोल गरे। त्यसको ५ मिनेटपछि गोलरक्षक तथा कप्तान किरणकुमार लिम्बुले कर्नरबाट आएको बललाई क्लिअर गर्न नसकेको बललाई नियन्त्रणमा लिँदै स्टेडले गोल गरे।

नेपालले यसअघि शुक्रबार ब्रिटिश आर्मीसँग पहिलो मैत्रीपूर्ण खेल खेलेको थियो। उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]