२३ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

इङ्ल्यान्ड ‘सी’ सँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, बैशाख २५, २०८१

काठमाडौँ। इङ्ल्यान्ड ‘सी’ सँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ।

अल्डरसट टाउन एफसीको इबीबी रंगशालामा सोमबार सम्पन्न खेलमा इङ्ल्यान्ड ‘सी’ सँग नेपाल २-० गोल अन्तरले पराजित भएको हो।

इङ्ल्यान्ड ‘सी’ लाई जित दिलाउन निक काबाम्बा र क्यालम स्टेडले गोल गरे। खेलको आठौँ मिनेटमा काबाम्बाको गोलमार्फत इङ्ल्यान्ड ‘सी’ ले अग्रता लिएको थियो ।

उनले ओली हारफिल्डको क्रसलाई हेडमार्फत गोल गरे। त्यसको ५ मिनेटपछि गोलरक्षक तथा कप्तान किरणकुमार लिम्बुले कर्नरबाट आएको बललाई क्लिअर गर्न नसकेको बललाई नियन्त्रणमा लिँदै स्टेडले गोल गरे।

नेपालले यसअघि शुक्रबार ब्रिटिश आर्मीसँग पहिलो मैत्रीपूर्ण खेल खेलेको थियो। उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]