०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

श्रमिक दिवसको अवसरमा दावा शेर्पा सम्मानित

एनआरएन मलेसिया र नेपाल आदिवासी जनजाति महासंघ मलेसियाद्वरा सम्मानित
Logo
दिनेश खड्का'खप्तडि' प्रकाशित बिहिबार, बैशाख २०, २०८१

मलेसिया।‌श्रमिक दिवसको अवसरमा सोलुखुम्बुका दावा शेर्पालाई गैरआवासीय नेपाली संघ मलेसियाले सम्मान गरेको छ।‌

ए फाइभ सेक्युरिटी सर्भिसमा चार वर्षदेखि काम गर्दै आएका दावा शेर्पाले २० मार्च २०२४ दमनसरास्थित एक सपिङ सेन्टरको गाडि पार्किङमा डिउटिमै रहेको अवस्थामा मलेसियन ५लाख८७हजार५सय१६ रिङगेट रहेको ब्याग भेटाएका थिए।पैसाको ब्याग इमानदारीपूर्वक कार्यरत कम्पनीमा जानकारी गराई आफ्नो पेशागत निष्ठा तथा व्यवसायिकता प्रमाणित गरेको भन्दै संघले शेर्पाको असाधारण इमान्दारिताको उदाहरणीय प्रदर्शनको सम्मान गरेको एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापाले बताए।

शेर्पा लाई सम्मान गर्नु हुदै नेपाली राजदूतावास मलेसियाको उपनियोग मुद्दिता बज्राचार्य ,एनआरएनएका अभियान्ता खगेन्द्र भट्टराई, एनआरएनए मलेसिया अध्यक्ष बिनोद थापा / तस्बिर कृष्ण गुप्ता

यसैगरी नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले शेर्पाको इमानदारी प्रति धन्यवाद दिँदै प्रवासको ठाउँमा पनि आदिवासी जनजाति समुदाय लगायत नेपाल र नेपालीको शिर ठाडो बनाउने काम गरेको भन्दै प्रशंसा पत्र प्रदान गरेको महासंघ मलेसियाका अध्यक्ष बिपिन राईले बताए।

दावा शेर्पालाई नेपाली आदिबासी जनजाती महासंघ मलेसियाका अध्यक्ष बिपिन राई सम्मान गर्नुहुदै / तस्वीर – कृष्ण गुप्ता

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]