०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

गैरआवासिय नेपाली संघ मलेसि’याले मनायो श्रमिक दिवस ।

Logo
कृष्ण गुप्ता प्रकाशित बिहिबार, बैशाख २०, २०८१

मलेसिया :=गैरआवासिय नेपाली संघ मलेसियाले १३५ औं श्रमिक दिवस आफ्नै सभाहलमा श्रमिकहरुसङ साक्षत्कार गरि मनाएको छ ।

गैरआवासिय नेपाली संघ मलेसियाका अध्यक्ष बिनोद थापाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली राजदुतावास क्वालालम्पुरको उपनियोग प्रमुख मुद्दिता बज्राचार्य प्रमुख अतिथी ,व्यावसायि तथा गैवावासिय नेपालि संघका अभियानता खगेन्द्र न्यौपाने , रास्ट्रीय स्वतन्त्र पार्टी प्रवस बिभाग सम्योजक नेत्र केसि ,एन सि सि मलेसिया उपाध्यक्ष दिल केरुङ , नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष बिपिन राई लगाएत थुप्रै संघ सस्थाका प्रतिनिधि हरुको आतिथ्यतामा सम्पन्न भएको छ ।

कार्यक्रम मा बोल्दै एन सि सि मलेसिया उपाध्यक्ष दिल केरुङले श्रमिकहरु आफैमा जागरुक हुनुपर्ने ,नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष बिपिन राईले साधारण कानुन सम्बन्धी ज्ञान सबैले राख्नुपर्ने ,रास्ट्रीय स्वतन्त्र पार्टी प्रवस बिभाग सम्योजक नेत्र केसिले श्रमिकलाई देखाएर राजनीति भइरहेको , श्रमिक मैत्री उद्वार सहयोग नभएर देखाउवा प्रदर्सनि सहयोग भैरहेको कार्यक्रमका बिच मन्तव्यका क्रममा बताएका थिए ।

कार्यक्रममा गैवावासिय नेपालि संघका अभियानता खगेन्द्र न्यौपानेले समानान्तर कमिटी गठन र एकताको प्रयास अदालत बाट पुर्णपाठ न आइसकेको बिसयलाइ प्रकाश प्रार्नु भएको थियो । नेपाली राजदुतावास क्वालालम्पुरको उपनियोग प्रमुख मुद्दिता बज्राचार्यले सबैको सहयोगको प्रसम्सा गर्दै रेमिटेन्स मार्फत देशको ठुलो आर्थिक भार बोकिरहेको श्रम शक्तिलाई कसैले पनि अन्देखा गर्नु नहुने भन्दै आफू र राजदुतावास सधै श्रमिकको पक्षमा रहेको बताउनु भएको थियो ।

कार्यक्रम संचालन एन सि सि मलेसियाका महासचिव टीकाराम अधिकारिले गर्नुभएको थियो भने कलाकार दोय डेबिड घिमिरे र उषा ओझाले नृत्य प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका सभापति बिनोद थापाले सबैको सहयोग प्रसम्सा गर्दै सबैको सहयोग रहे श्रमिकका लागि थुप्रै काम गर्न सकिने बतानु भएको थियो कार्यक्रमकै बिच संघले इमान्दारीताको कदर गर्दै मलेसियामा पैसाको ब्यागेज भेटाएर कम्पनी लाइ हस्तान्तरण गरेका दावा शेर्पा र जेम्नास्टीक हानेर गिनिज बुक अफ दि रेकर्डमा आफुलाइ सुचित गराएका बिनोद थापा लाई सम्मान समेत गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]