०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

२४ घण्टाभित्र भिडियो हटाउन ‘सिधाकुरा’लाई दियाे सर्वोच्चले आदेश

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, बैशाख १८, २०८१

काठमाडौँ  । सर्वोच्च अदालतले सिधाकुरा डटकमलाई अदालतको अवहेलना हुने गरी बनाएको समाचार २४ घण्टाभित्र हटाउन र प्रकाशक युवराज कँडेललाई बयानका लागि बोलाउन आदेश दिएको छ।

स्वतन्त्र न्यायपालिका र व्यावसायिक पत्रकारितामाथि लाञ्छना लगाएर अडियो उत्पादन तथा प्रसारण गरिएकोविरुद्ध आइतबार अदालतमा मुद्धा परेको थियो।

उक्त मुद्धाको न्यायाधीश नहुकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सुनाइ गर्दै समाचार हटाउन र बयानका लागि बोलाउन आदेश दिएको हो।

जानाजान झूटा सामग्री उत्पादन तथा प्रसारण गरेकाले हदैसम्मको कारबाही गर्न र फौजदारी कसुरमा समेत अनुसन्धान गराउन अदालतमा दायर गरिएको मुद्धामा माग गरिएको थियो।

शुक्रबार सिधाकुरा डटकममा EXCLUSIVE: ४ सय बढी भ्रष्टाचारका मुद्दा ढिसमिस गराउन सर्वोच्चका न्यायाधीश सहभागी बैठकको ‘स्टीङ अपरेशन’, कैलाश सिरोहिया र क्याप्टेन रामेश्वर थापा पनि जोडिए भन्ने शिर्षकमा समाचार प्रकाशित भएको थियो।

जसमा ‘स्टीङ अपरेशन’ नाम दिइएको एक अडियो कुराकानीलाई आधार बनाएर समाचार बनाइएको थियो। उक्त समाचारको प्रेस काउन्सिल, नेपाल बारलगायत संस्थाले निन्दा गरेका थिए।

अदालतको आदेशसँगै सिधाकुराले सबै समाचार हटाइसकेकाे छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]