०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

सिधाकुराको समाचार जाँचबुझ गर्न न्यायाधीश समाज नेपालको माग

Logo
HeroNepal-tv प्रकाशित आइतबार, बैशाख १६, २०८१

काठमाडौं ।  न्यायाधीश समाज नेपालले सिधाकुरा डट कमद्वारा प्रकाशित÷प्रसारित भ्रामक समाचारले न्यायप्रणालीप्रतिकै आक्रमण भएको भन्दै आवश्यक जाँचबुझ गरी सम्बन्धित संस्थालाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

समाजका महासचिव टेक नारायण कुँवरद्धारा जारी विज्ञप्तीमा सीधाकुरा डटकम नामक अनलाईन टिभी ÷समाचारबाट भ्रष्टाचारका चारसय मुद्दा हराउने गोप्य डिल भन्ने शीर्षकमा गत बैशाख १४ गते प्रशारित र प्रकाशित गरिएको सामग्री प्रति गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।

समाचारमा आएका विषयहरुबाट भ्रमित नहुन र सो सम्बन्धमा आवश्यक जाँचबुझ भई सम्बन्धित समाचार संस्थालाई कानूनको दायरामा ल्याउने तर्फ आवश्यक कारबाही गर्न समाजले आग्रह गरेको हो ।

न्यायाधीश विशेषलाई मुछेर फैसलामा अनुचित प्रभाव परेको भन्ने किसिमको निष्कर्ष प्रमाणित भएको जसरी समाचार सम्प्रेक्षण हुनु न्यायप्रणाली माथिको आक्रमण भएको जिकिर गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

मलेसिया – किराँत याक्थुङ चुम्लुङ (केवाईसी) जोहोर, मलेसियाले आफ्नो प्रथम अधिवेशन–२०२६ आयोजना गर्ने भएको छ। संस्थाका अनुसार “भाषा बाँचे संस्कृति बाँच्छ, संस्कृति बाँचे माटो बोल्छ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा विदेशमा रहेर पनि आफ्नो कार्यव्यस्तताका बाबजुद लिम्बू समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणमा संगीत क्षेत्रमार्फत योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गरिनेछ। […]

क्वालालम्पुर, मलेसिया – मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकहरूले नेपाली राजदूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्ने मात्र नभई कम्पनीहरूमा प्रत्यक्ष पुगेर श्रमिकहरूको वास्तविक अवस्था बुझ्नुपर्ने आवश्यकता औंल्याएका छन्। मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकले अझै पनि आफ्नो राहदानी (पासपोर्ट) आफूसँग नरहेको बताएका छन्। श्रमिकहरूका अनुसार केही कम्पनीहरूले कामदारले कुनै कामका लागि पासपोर्ट माग्दा RM २,००० देखि RM […]