०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियाे १६१ रनको लक्ष्य

Logo
HeroNepal-tv प्रकाशित आइतबार, बैशाख १६, २०८१

काठमाडौँ। अन्तिम दुई ओभरमा आकाश चन्द र दीपेन्द्रसिंह ऐरीले सम्हालिएको बलिङ गर्न नसक्दा वेस्ट इन्डिज ‘ए’ ले ५ टी-२० शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपाललाई १६१ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६० रन बनाएको हो।

१८ ओभरको समाप्तिमा वेस्ट इन्डिजले ७ विकेट गुमाउँदै ११९ रन बनाएको थियो। तर, १९ र २०औँ ओभरमा आकाश र दीपेन्द्र महँगो सावित भए। उनीहरूले १२ बलमा ४१ रन खर्चिए।

आकाशले १९औँ ओभरमा २ छक्का र १ चौकासहित १९ रन खर्चिए। यस्तै, दीपेन्द्रले ३ छक्कासहित २२ रन खर्चिए।

वेस्ट इन्डिजका गुडाकेश मोतीले आक्रामक ब्याटिङ गर्दै ८ बलमा २ चौका र ४ छक्कासहित ३३ रन बनाए। उनी अविजित रहे। म्याथ्यू फोर्डे ११ रनमा अविजित रहे।

आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाए। ३६ बल खेलेका उनले ३ चौका प्रहार गरे। रोस्टन चेज २३, जोनसन चार्ल्स ११ र केसी क्यार्थी १० रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।

नेपालका सागर ढकाल, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले २/२ विकेट लिए। सोमपाल कामीको नाममा १ विकेट रह्यो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]