०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

११ बजेदेखि सुरु गर्ने भनिएको इलाम २ को मतगणना एक घण्टापछि सुरु हुने

Logo
HeroNepal-tv प्रकाशित आइतबार, बैशाख १६, २०८१

इलाम ११ बजेदेखि सुरु गर्ने भनिएको इलाम २ को उपनिर्वाचन अनुसार मतगणना एक घण्टापछि सुरु भएको छ । फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १ र २ नम्बर वडाको मत गणना सुरु भएको हो ।

यसअघि सर्वदलीय बैठकले क्रमशः फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ, माई, देउमाई, इलामको वडा नम्बर १ देखि गणना सुरु गर्ने निर्णय गरेको छ । मतगणना दुई स्थानबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

फाकफोकथुम १ मा यसअघिको स्थानीय तह निर्वाचनमा काँग्रेसका कर्ण बहादुर लिम्वूले ८०४ मत ल्याउँदा एमालेका बेगबहादुर निरौलाले ४७७ मत ल्याएका थिए ।

यस्तै माओवादीका भोजबहादुर बोहराले २२६ मत ल्याएका थिए । यस्तै २ नम्बर वडामा पनि काँग्रेसका यमबहादुर खत्री पौडेलले ७१४ मत ल्याउँदा एमालेका देउकुमार राईले ७०७ मत ल्याएका थिए भने जसपाका धनसिंह राईले ९२ मत ल्याएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]